वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा

वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख (मेयर) राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतमा मंगलबार भएको थुनछेक बहस पछि मेयर सिंहलाई कुल ४ लाख १५ हजार धरौटीमा रिहा गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको हो ।

लिखत कसुर गरेको अभियोगमा पक्राउ गर्न पर्सा जिल्ला अदालतले गएको जेठ १२ गतेको पत्र प्रहरीलाई उपलब्ध गराएपछि मंगलबार बिहान उनी प्रहरीले नियन्त्रणमा परेका थिए । प्रहरीले मेयर सिंहलाई मंगलबार नै पर्सा जिल्ला अदालतमा पेश गरेपछि उनको पक्षका चार र अर्को पक्षका ११ वकिलले बहस गरेपछि पर्सा जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७२ समेतलाई विचार गरी दफा ६८ बमोजिम हाललाई ४ लाख र १५ हजार धरौटी लिई तारिखमा राखी दफा ७९ बमोजिम गर्नु भनी आदेश भएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार प्रभावकर मल्लिकले बताए ।

लिखत कसुर सम्बन्धीको मुद्दा नम्बर ८२ सीआइ १०८३ हो । यो मुद्दाको हकमा प्रतिवादीलाई ४ लाख र मुद्दा नम्बर ८२ सीआइ १०८५ सम्बन्धी झुटा विवरण पेश गरी नागरिकता बनाएकोमा १५ हजार धरौटी माग भएको पनि श्रेष्तेदार मल्लिकले बताए ।

दुईवटा मुद्दाको गरी कुल ४ लाख १५ हजार नगद, बैंक ज्ञारेन्टी जवानीमा धरौटी लिई रिहा गर्नु अन्यथा कानून बमोजिमको सिधा खान पाउने गरी दफा ८० बमोजिमको थुनुवापूर्जी दिई कारागार कार्यालय पर्सा पठाई दिनु भनी सोही कानूनको दफा ७९ बमोजिम यो आदेश भएको पनि पर्सा जिल्ला अदालतका श्रेष्तेदार मल्लिकले बताए ।

लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको जेठ १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट अर्थात जेठ १३ गते मेयर सिंह अदालतमा पुगेका थिए । तर त्यसयता उनी अदालतमा हाजिर नभपछि प्रहरीको विशेष टोलीले मंगलबार उनलाई जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ गरी वीरगन्ज ल्याई मेयर सिंहलाई नियन्त्रणमा लिएको तथ्य नाम सहित प्रहरीले सार्वजनिक गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा