मकालु ट्रेकिङमा विदेशीसँग आएका १५ भरिया अलपत्र

संखुवासभा । संखुवासभाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकका भरियाका रुपमा संखुवासभा आएका १५ जना भरिया लकडाउनका कारण सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका छन् ।

उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले बताए । उनीहरुसँग आएका अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिक चैत १८ गतेनै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ । उनीहरु अहिले सभापोखरी गाउँपालिकाको प्रहरी चौकी नजिकै ग्राउण्डमा टेन्ट बनाएर बसेका छन् ।

लक डाउनका कारण ७ जना तँनहु र ८ जना काठमाण्डौबाट आएका थिए । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् । उनीहरुलाई सभापोखरी गाउँपालिकाले राहत सामग्री सहयोग गरेको अध्यक्ष सुब्बाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर