बस्तीमा मृत भेटियो जंगली हात्ती

यो तस्बीर संकेतका लागि मात्र राखिएको हो ।

बर्दिया । जंगली हात्ती बस्तीमा मृत अवस्थामा भेटिएको छ । ठाकुरबाबा नगरपालिका – ४ खैलार गाउँमा शनिबार विहान जंगली हात्ती मृत अवस्थममा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । चुरे माध्यमिक विद्यालयको खैलार सेक्टर नजिकै गहुँ बारीमा भाले हात्ती मृत फेला परेको हो ।

हात्ती मृत अवस्था भेटिएको खबर पाउनासाथ निकुञ्जको टोली घटनास्थल पुगेको थियो । मृत हात्तीको शारीरिक अवस्था हेर्दा बिरामी जस्तो देखिएको हुँदा प्रकृतिक कारण मृत्यु भएको हुन सक्ने निकुञ्जको अनुमान छ । हात्तीको छालामा साना साना फोकाहरु धेरै देखिएकाले हात्ती धेरै समयदेखि समस्या ग्रस्त रहेको हुन सक्ने निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए ।

पोस्टमार्टम रिर्पोट आएपछि मात्र मृत्यको वास्तविक कारण थाहा हुने निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमारले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ