गुल्मी । गुल्मीमा बाटो खन्ने क्रममा जेसिबी पल्टाएको ढुंगाले लागेर विध्यार्थीको ज्यान गएको छ । आइतबार बिहान ९:२० को समयमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौर तारागाउँ निवासी ज्ञान बहादुर कुमालकी छोरी ८ बर्षिय विष्णु कुमालको ज्यान गएको हो ।
विष्णु अध्ययनको लागि पालुखा मावि स्कुल जाने क्रममा माथिबाट जेसिबीले पल्टाएको ढुंगाले टाउकोमा लागेको थियो । उनी कक्षा युजेकी विध्यार्थी हुन् । स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्वारमा ढिलाई हुँदा उनको ज्यान गएको हो ।
जेसिबी चालक मकवानपुर जिल्ला इन्द्रचौर गाउँपालिका-४ सिस्नेरी बस्ने ३६ बर्षिय राजेश रेग्मी प्रहरी नियन्त्रणमा छन् । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)






