डोनी भान अनुबन्धमा तीन क्लबको दौडधूप

आम्सटर्डम । नेदरल्यान्ड तथा डच क्लब आयाक्सका युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपका ठूला क्लबहरू स्पेनिस रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्सले चासो देखाएका छन् । दौडमा म्याड्रिड सबैभन्दा अघि देखिँदा म्यानचेस्टर युनाइटेड र युभेन्ट्स डोनीलाई रियलबाट हाइ ज्याक गर्ने योजना बुनिएको छ । डोनीको अनुबन्ध मूल्य ४४ मिलियन पाउन्ड तोकिएको छ । योहान क्रुएफ एरिनामा डोनीको सम्झौता २०२२ को समरसम्म रहेको छ ।

आयाक्स अघिल्लो सिजन अविश्वनीय रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा डोनी टोलीका मुख्य सदस्य रहेका थिए । उनले पनि आयाक्स छोड्ने र क्लबले पनि रिलिज गर्ने तयारी गरेको छ ।

यसअघि आयाक्सका स्टार खेलाडीहरू फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले क्लब छाडिसकेका छन् । हाकिम जियाचले चेल्सीसँग सम्झौता गरिसकेका छन् । अब डोनी पनि बाहिरिने तरखरमा रहेका छन् । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार रियल म्यानचेस्टर र युभेन्ट्सले २३ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न चासो देखाएको छ ।

रिपोर्टअनुसार रियलले डोनीसँग प्रि–सम्झौता गरिसकेको उल्लेख गरेको छ । तर, युनाइटेड रियलबाट डोनीलाई हाइ ज्याक गर्ने तयारीमा छ । युनाइटेड अर्काे सिजन आफ्नो मिडफिल्ड बलियो बनाउने योजनामा छ । यसअघि गत जनवरीमा ब्रुनो फर्नान्डेज अनुबन्ध भएपछि युनाइटेडको मिडफिल्ड सुध्रिँदै गएको छ ।

यस्तै, युभेन्ट्सले डोनीलाई चासो दिइरहेको छ । युभेन्ट्स म्याथ्थिज डि लेग्टसँग डोनीलाई रियुनाइटेड गर्ने योजनामा छ । डोनीले यो सिजन ३७ खेलमा १० गोल गर्नुका साथै ११ असिस्ट दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्र बेहुलीको गीत 'म भइन भने' सार्वजनिक