चलचित्र बेहुलीको गीत ‘म भइन भने’ सार्वजनिक

काठमाडौं । भदौ २६ गते रिलिज हुने चलचित्र ‘बेहुली’को निर्माण टोलीले दर्शकमाझ अर्को सांगीतिक प्रस्तुति पस्किएको छ। दोस्रो गीतको रूपमा निकै मनमोहक रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको हो। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्।

यस गीतमा चलचित्रका प्रस्तुतकर्तासमेत रहेका संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।

गीतको अडियो जति उत्कृष्ट छ, यसको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियो भारतका प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो। कथाको गहिराइ र दृश्यको मागअनुसार नै हामीले गीतको छायांकनका ति स्थानहरू रोजेको चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए। गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

‘बदलिँदो परिस्थिति अनुसार एमाले रूपान्तरण हुनुपर्छ’: उपाध्यक्ष गुरुङ