राजविराज । बाँकी बक्यौता तलब भुक्तानी लगायतका विभिन्न माग राखी यहाँ स्थित मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक र कर्मचारीहरुले १० दिन अघि गरेको तालाबन्दी शनिवार खोलिएको छ । समस्या समाधानका लागि स्वयम उपस्थिति भएका मधेश प्रदेशका मुख्यमन्त्री एवम् विश्वविद्यालयका कुलपति शतिश कुमार सिंहले जायज माग सम्बोधन गरिने कुरामा आन्दोलनरत पक्षलाई आश्वस्त पारेपछि ताला खोलिएको हो ।
जिल्ला समन्वय समिति सप्तरीमा बसेको सर्वपक्षिय बैठकमा आन्दोलनरत पक्ष सँंग तलव दिने र विश्वविद्यालयको अन्य समस्या’bout यथाशिघ्र सिनेट बैठकबाट निणर्य गर्ने सहमति भएपछि ताला खोलिएको हो ।
जिल्ला समन्वय समिति सप्तरीको अगुवाईमा बसेको सर्वपक्षिय बैठकमा मधेशप्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह र कृषि विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुर, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागि भएको जिल्ला समन्वय समिति सप्तरी प्रमुख शिवनारायण साहले जानकारी दिए ।
बैठकमा विश्वविद्यालयमा कार्यरत उप्रप्राध्यापक एवंं कर्मचारीहरुको बाँकी बक्यौता तलव बैकल्पिक व्यवस्था गरी उपलब्ध गराउने र यसका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृती मन्त्रीलाई समेत सहयोगका लागि पत्राचार गर्ने निर्णय भएको उनले बताए । त्यस्तै विश्व विद्यालयमा देखिएको अन्य समस्या समाधानका लागि सिनेटको बैठक यथाशिघ्र बोलाउने र आवश्यक निर्णय लिने समेत छलफलबाट निष्कर्ष निकालिएको छ ।
विश्व विद्यालयको ताला खुलेपछि फागुन ११ आईतवार देखिपठन पाठन संचालन हुने भएको छ । बैठकमा छोटो समय उपस्थित भएका मुख्यमन्त्री तथा विश्व विद्यालयका कूलपति सिंहले आगामी फागुन २० मा बस्ने सिनेटको बैठकबाट समस्या समाधानका लागि ठोस निर्णय लिने प्रतिवद्धता जनाएका थिए ।
विगत ७ महिना देखि तलव लगायतका अन्य सुविधा नपाएको भन्दै विश्वविद्यालयका उपप्राध्यापक तथा कर्मचारीले गत फागुन १ मा विश्वविद्यालयको शैक्षिक तथा प्रशासन लगायतका कक्षमा तालावन्दी गरेपछि पठन पाठन ठप्प भएको थियो ।






