नेपालमा अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी भइरहेको जानकारी दिए । विभागले यअसघि वर्षात, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्र्दै आएको छ ।

समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले जानकारी दिए । ‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’

उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।

सिंचाई मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थान’bout पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समय’bout पूर्वानुमान असम्भव नरहेको धारणा राखे । ‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने ‘अब हामी पनि छिट्टै चट्याङ’bout पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’ उनले नेपालको चुरे रेन्ज चट्याङको बढी जोमिमा रहेको उल्लेख गरे ।

मंगलबार मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिंचाई सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिककरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी बैठकमा चट्याङको पनि पूर्वानुमान गरेर सूचना प्रवाह गर्ने ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक