विपन्नलाई बाल विकास नेपालको राहत

सर्लाही । सर्लाहीमा एक गैर सरकारी संस्थाले लकडाउनबाट प्रभावितलाई खाद्यान्ह वितरण गदै विपन्न परिवारमा राहत वितरण गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १८ मा रहेको बाल विकास नेपालले यति बेला विपन्न नागरिकलाई राहत बाडेर प्रसंसनिय काम गरेको छ ।

स्थानिय सरकारले प्रदान गर्नै राहतमा पहुँच नभएका परिवारलाई पनि बाल विकास नेपाल राहत बाडेर अति विपन्नको मन जित्न सफल भएको छ । एड एट एक्सन, काठमाण्डौंको सहकार्यमा बाल विकास नेपालले चार स्थानिय तह गरी हाल सम्म १ हजार अति विपन्न तथा दलित परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरण गरेर विपन्न नागरिरकको चुलो निभ्नबाट जोगाएको चन्द्रनगर गाउँपालिका वडा नं. १ का स्थानिय विन्देश्वर महराले बताए । बाल विकास नेपालले हाल सम्म विष्णु गाँउपालिकामा चामल ३ सय ५० बोरा प्रति व्यक्ति २५ किलोका दरले र हात धुने साबुन २ हजार १ सय ६० पिस वितरण गरेको छ ।

त्यस्तै कौडेना गाँउपालिकामा चामल ५० बोरा चामल र हात धुने साबुन २ हजार १ सय ६० पिस ,बरहथवा नगरपालिका चामल ५० बोरा र हात धुने साबुन २ हजार १ सय ६० पिस तथा चन्द्रनगर गाँउपालिका वडा नं. १ मा चामल ३० किलोको दरले वितरण गरेको छ । हाल सम्म १ टन १५ क्वीन्टल चामल बाँडेको बालविकास नेपालका अध्यक्ष बिरेन्द्र रायले बताए ।

त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीलाई ह्यण्ड ग्लोब १ सय पिस, सेनिटाइजर ९६ पिस, मेडिकल मास्क ३ सय ५० पिस, लोकल मास्क ११ सय ५० पिस र हात धुने साबुन २ सय ८८ पिस प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई हस्तान्तरण गरेको बाल विकास नेपालका सचिव सुनिल साहले जानकारी दिए । वाल विकास नेपालले २०७२ सालको भुकम्प तथा विभिन्न समयमा विपद ब्यबस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु