हायात चौरमा नेपाली नचाउँदै बलिउड अभिनेत्री नोरा फतेही

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउने भएकी छिन् । आगामी ३ जेठमा काठमाडौँको बौद्ध, टुसाल स्थित हायात चौरमा उनले नेपालका आफ्ना प्रशंसकहरूलाई नचाउने भएकी छिन् ।

वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिले उनलाई नेपालमा नृत्य प्रस्तुतिका लागि ल्याउन लागेको हो । ‘नोरा फतेही लाइभ ईन नेपाल’ मार्फत आफूले नेपाली दर्शकहरूलाई नचाउन उनले भिडियो सन्देश पठाएकी छिन् ।

नोरा आईटम गर्लसँगै बलिउडकी पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् । हिन्दी, तामिल, तेलुगु, मलालयम, कन्नड भाषाका तीन दर्जन चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी नोराको किक २, स्त्री, लोफर, भारत, स्ट्रिट डान्सर, भुज, थ्याङ गड, मडगाउँ एक्सप्रेस, बाहुबली, शेर, सत्यमेव जयत जस्ता थुप्रै चर्चित चलचित्रहरू छन् ।

बलिउडमा अभिनय र नृत्य दुबैमा दक्ष भएका कारण उनलाई नेपालमा प्रस्तुतिका लागि ल्याउन लागेको नोरा फतेही लाइभ ईन नेपाल कार्यक्रमका म्यानेजर मनिष कार्कीले राजधानीलाई बताए । हायात चौरमा तीन महिना अघि सोनु निगमको कार्यक्रमले दिलाएको सफलतापछि त्यहाँ कार्यक्रम गर्न आफूहरूको हौसला बढेको पनि मनिषले बताए ।

वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिको आयोजना हुने यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको ह्युमन स्पेक्ट नेपालको सहयोगार्थ गर्न लागेको पनि मनिषले बतए । यो कार्यक्रमको मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ ।

‘नेपालमा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय कलाकारहरूको कार्यक्रमहरू बिच नोरा फतेही लाइभ ईन नेपाललाई अझ उत्कृष्ट बनाउने तयारीमा हामी जुटेका छौँ’, सो कार्यक्रमका म्यानेजर मनिष कार्कीले राजधानीसँग भने । जसका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरू प्रस्तुतिका लागि नेपाल आउने पनि उनले जानकारी गराए ।

सो कार्यक्रममा नोराले आफ्ना चलचित्रका चर्चित गीतहरु दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच जस्ता थुप्रै चर्चित गीतहरूमा नृत्य प्रस्तुत गर्नेछिन् । उनलाई नृत्यमा बलिउडबाटै आएका कोरसहरूले साथ दिने छन् ।

पूर्ण मनोरञ्जन सहितको हुने यो कार्यक्रममा नोराको प्रस्तुति हेर्न काठमाडौँ र मोफसलसँगै नेपालको सिमावर्ती क्षेत्रका भारतीय दर्शकहरू समेत आउने विश्वास आयोजक पक्षको छ । जहाँ दर्शकहरूले नृत्य र संगीतको भरपुर मजा लिन पनि आयोजकले जनाएको छ ।

चलचित्र निर्माण र सामाजिक कार्य समेत गर्दै आएका आयोजक संस्थाका अध्यक्ष देव मगरले नोरा फतेही लाइभ इन नेपालमा नेपालका विभिन्न चर्चित नेपाली कलाकारहरूको पनि प्रस्तुति रहने बताएका छन् ।

आयोजक संस्थाले यो कार्यक्रमको टिकेट मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरेको छ । खल्ती एपमार्फत टिकट खुला गरिएको पनि आयोजकले जनाएको छ । यसको लागि नोराले पनि तयारी सुरु गरेको कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटर युद्ध बानियाले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण