धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको प्रजनन स्वास्थ्यसम्बन्धी विशेष स्क्रिनिङ कार्यक्रमअन्तर्गत २ हजार ३२१ महिलाको पाठेघरको मुखको क्यान्सर (एचपिभी डीएनए) परीक्षण गरिएको छ । परीक्षणका क्रममा २३३ जनामा एचपिभी संक्रमण (पोजेटिभ) देखिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार २०८२ चैत २५ गतेदेखि २०८३ जेठ १० गतेसम्म नगरका २० स्थानमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत पाठेघरको मुखको क्यान्सर, आङ खस्ने, फिस्टुला तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो ।

तथ्याङ्कअनुसार एचपिभी डीएनए परीक्षण गराएकामध्ये करिब १० प्रतिशत महिलामा संक्रमण पुष्टि भएको छ । उमेर समूहअनुसार ३० देखि ४४ वर्ष उमेर समूहका महिलामा संक्रमणको दर बढी देखिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । यस उमेर समूहका २२३ महिलामा एचपिभी संक्रमण देखिएको छ भने ४० वर्षभन्दा माथिका उमेर समूहका १० महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, आङ खस्ने समस्याको परीक्षण गरिएका महिलामध्ये ४० जनामा समस्या पहिचान भएको थियो। तीमध्ये १० जनालाई रिङ पेसरी प्रयोग गरी उपचार गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरअन्तर्गत २ हजार २०८ महिलाको स्तन क्यान्सर तथा फिस्टुलासम्बन्धी परीक्षणसमेत गरिएको थियो । परीक्षणमा सहभागी सबै महिलाको नतिजा सामान्य रहेको जनाइएको छ ।

उपमहानगरपालिकाले एचपिभी पोजेटिभ नतिजा आउनु भनेको पाठेघरको मुखको क्यान्सर भइसकेको भन्ने अर्थ नलाग्ने स्पष्ट पारेको छ । एचपिभी संक्रमण क्यान्सरको जोखिमसँग सम्बन्धित संकेत भए पनि समयमै थप परीक्षण, परामर्श र आवश्यक उपचारबाट जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

उपमहानगरपालिकाले महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुन र प्रजनन स्वास्थ्यसम्बन्धी समस्या’bout सचेत रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण