एभोकाडो एक उष्ण प्रदेशीय फल हो । यसको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ हो । यो मध्य–अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको मानिन्छ ।
एभोकाडोको खेती ५ सयदेखि १७ सय मिटरसम्मको उचाइमा उष्ण र समशीतोष्ण हावापानी भएको ठाउँमा गर्न सकिन्छ । यसको खेती खासरी तुसारो नपर्ने र धेरै हावा नचल्ने ठाउँमा गर्न उपयुक्त हुन्छ । यसको एक बोटबाट अर्को बोटको दूरी आठ मिटर भएमा बढी फाइदा लिन सकिन्छ ।
एभोकाडो धेरै जातको हुन्छ, तर यसभित्र एउटा मात्र बियाँ हुन्छ जसबाट बेर्ना उत्पादन गर्न सकिन्छ । यस्तो बेर्नाबाट हुर्काइएको बोटबाट धेरै वर्षसम्म निरन्तर फल प्राप्त गर्न सकिन्छ । एभोकाडो धेरै जातका हुनाले यसको जातअनुसार सानाठूला, लाम्चो, गोलो र रङ गाढा हरियो, हल्का बैजनी र गाढा बैजनी हुन्छ ।
एभोकाडोमा प्रशस्त मात्रामा लाभदायक फ्याट र कार्बोहाइडे«ट पाइन्छ । यसमा विभिन्न किसिमका स्वास्थ्यबद्र्धक तत्वहरू पाइने कुरा विकसित देशमा गरिएको अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ ।
साधारणतया एक सय ग्राम एभोकाडोमा २ सय ४५ क्यालोरी, १ दशमलव ७ प्रोटिन ५ दशमलव ५१ ग्राम कार्बोहाइड्रेट, १ दशमलव ८ ग्राम चिल्लो पदार्थ, ५ दशमलव १ ग्राम रेसाहरू, शून्य दशमलव १७ ग्राम भिटामिन ए, १ मिलिग्राम भिटामिन बी ३, शून्य दशमलव १३ ग्राम भिटामिन बी २, १६ ग्राम भिटामिन सी, १० मिलिग्राम क्याल्सिएम, ११ मिलिग्राम क्लोरिन, शून्य दशमलव ४५ ग्राम तामा, शून्य दशमलव ६ मिलिग्राम आइरन, ३५ मिलिग्राम म्याग्नेसियम, ४ दशमलप ७१ मिलिग्राम म्यांगानिज, २८ दशमलव ५ मिलिग्राम सल्फर र शून्य दशमलव ६ मिलिग्राम सोडियम पाइन्छ । कुनै पनि व्यक्तिको सुस्वास्थ्यका लागि यी तत्व नितान्त आवश्यक हुन्छन् ।
एभोकाडोमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । त्यसकारण यसको नियमित सेवन गर्नाले कुनै पनि व्यक्तिको तौल नियन्त्रण हुनुको साथै रगतमा चिनीको मात्रा घटी मधुमेह रोगबाट बचाउँछ । यसमा पोटासियम पाइने हुनाले यसको नियमित सेवनबाट कुनै पनि व्यक्तिको रक्तचाप नियन्त्रण भई मुटुरोग तथा मिर्गौला रोगबाट बचाउँछ ।
वस्तुतः उष्णदेखि समशीतोष्ण हावापानी भएका ठाउँमा एभोकाडो खेती गर्न सकिन्छ । नेपालमा विविध धरातलीय अवस्था र हावापानी विद्यमान भएकाले यहाँ यो खेती गर्न उपयुक्त मानिन्छ । एभोकाडोको व्यावसायिक खेती गर्न सके निःसन्देह पनि यहाँका किसानको आयआर्जन मात्र वृद्धि नभई अर्थतन्त्रमा समेतमा पनि केही योगदान पुग्नेछ । एभोकाडाको बिरुवा रोपेको ६ वर्षभित्र फल प्राप्त हुन्छ । यसले सरदर ५० वर्षसम्म निरन्तर रूपले फल दिन्छ । त्यसैले यो प्रत्येक व्यक्ति वा परिवारको लागि धेरै वर्षसम्म आयआर्जनको लागि भरपर्दो स्रोत हुनेछ ।
आजकाल विश्वका धेरै देशमा एभोकाडोको जुस बनाई बिक्री गर्न थालिएको छ । जुन महँगो भए पनि स्वास्थ्यबद्र्धक छ
साधारणतया एभोकाडोको फल जातअनुसार असोजदेखि फागुनसम्म फल्न सुरु हुन्छ । एक बोट एभोकाडोबाट ३० देखि १०० केजीसम्म फल प्राप्त गर्न सकिन्छ । यसको फल साधारणतया हरियो र ठूलो आकारको हुन्छ । जुन प्रत्येक व्यक्तिको लागि आकर्षक देखिन्छ ।
वस्तुतः मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासको जे–जति महत्व छ त्योभन्दा बढी महत्व वातावरणको छ । ’cause यसको संरक्षणबाट भूमि, वनस्पति, पशुपन्छी र अन्य प्राकृतिक चीजको संरक्षण भई सम्पूर्ण मानवजातिको कल्याण हुन्छ । तर, आजसम्म पनि धेरै व्यक्तिले यसको महत्व बुझेका छैनन् । फलतः विश्वभरि नै यसको विनाश तीव्र रूपले बढिरहेको छ र नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।
केही वर्षयता यहाँ वातावरण विनाश तीव्र रूपले बढिरहेको छ । एकतर्फ यहाँ वनजंगल विनाश भइरहेको छ भने अर्कोतर्फ सिमसार क्षेत्र, वनस्पति र वन्यजन्तुमा संकट अवस्थामा छन् । यसबाहेक यहाँ कृषिमा नकारात्मक प्रभाव परेको छ भने बाढीपहिरोको भय बढेको छ । एभोकाडोको जरा जमिनमुनि धेरै तलसम्म नफैलिने हुँदा हावाहुरीबाट ढल्ने सम्भावना धेरै हुन्छ । तसर्थ यसको सफल खेतीको लागि सतर्क हुन आवश्यक छ ।
कुनै पनि व्यक्तिको सुस्वास्थ्यको लागि आवश्यक फ्याट र कार्बोहाइडे«ट एभोकाडोमा पाइन्छ । यसमा कोलेस्ट्रोल नहुनाले प्रत्येक व्यक्तिको लागि लाभदायक मानिन्छ । सरकारले विगत साढे तीन दशकदेखि यहाँ कुपोषण न्यूनीकरण गर्ने प्रयास गर्दै आएको छ । तर, औपचारिकतामा सीमित कार्यक्रमले यहाँ कुपोषणको बहुआयामिक स्वरूप समेट्न सकेका छैनन् ।
नेपालमा कुपोषणलाई अझसम्म पनि स्वास्थ्यको दृष्टिकोणबाट मात्र हेरिन्छ । तर, यसले प्रत्येक व्यक्तिको आर्थिक एवं मानसिक विकासलाई पनि असर पार्छ । यसबाहेक त्यसले यहाँ दक्ष जनशक्ति उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा पनि निकै नै असर पार्छ । वस्तुतः नेपाल सरकारले यहाँ २०६९ सालदेखि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल यहाँ ‘बहुक्षेत्रीय पोषण योजना तेस्रो’ कार्यान्वयनमा छ । परन्तु, सो योजना कार्यान्वयनका लागि विषयगत मन्त्रालयको बजेट खर्च गर्ने प्रावधान भएकाले सोचेजस्तो प्रभावकारी हुन सकेको छैन ।
आजकाल विश्वका धेरै देशमा एभोकाडोको जुस बनाई बिक्री गर्न थालिएको छ । जुन महँगो भए पनि स्वास्थ्यबद्र्धक छ । यो विभिन्न रोगको रोकथामका लागि सेवन गरिन्छ । हाल विश्वका धेरै देशमा एभोकाडोको खेती गरिन्छ । तर, यसको सबैभन्दा बढी उत्पादन मेक्सिकोमा गरिन्छ जहाँबाट विश्वका धेरै देशमा आयात गरिन्छ ।
पाकेको एभोकाडो चम्चाले झिक्दा घीउजस्तो देखिने हुँदा नेपालीमा यसलाई घिउफल भनिन्छ । यो फलको बहुगुण बुझेका जोकोहीले सुरुमा जबरजस्ती सेवन गरे पनि बानी परेपछि खोजीखोजी खान्छन् । हाल काठमाडौंलगायत विभिन्न ठाउँका करेसाबारीमा एभोकाडोका बोट फाट्टफुट्ट देखिन्छन् ।
नेपालमा सबैभन्दा बढी एभोकाडोको खेती धनकुटामा गरिने भएकाले यसलाई एभोकाडोको राजधानी भनिन्छ । तर, हालसम्म पनि यहाँ सोचेअनुरूप उत्पादन गर्न नसकिएकाले अध्ययन–अनुसन्धान गरी उपर्युक्त ठाउँमा उपयुक्त जातको एभोकाडो खेती गर्न आवश्यक छ ।
एभोकाडोको खेतीका लागि नेपालको हावापानी उपयुक्त छ । तसर्थ, हाल यो खेती धनकुटाबाहेक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सर्लाही र अन्य जिल्लामा पनि गर्न थालिएको छ । एभोकाडोको खेती भीर, पाखा एवं खेर गएको जग्गामा पनि गर्न सकिन्छ । यसको खेतीबाट एकतर्फ खेर गएको जग्गा प्रयोग गर्न सकिन्छ भने अर्कोतर्फ किसानको आयआर्जन बढाउन सकिन्छ ।
एभोकाडोको छुट्टै खाँदा स्वादिलो एवं पोषिलो हुने र अन्य चीजसँग मिसाएर सेवन गर्दा पनि स्वादिलो एवं पोषिलो हुनाले यसको खपत दिनदिनै बढिरहेको छ । नेपालमा पनि मागअनुसार उत्पादन नहुँदा एभोकाडोको आयात बढ्न थालेको छ ।
नेपालमा धेरै वर्षअघिदेखि खाद्यान्न बालीको उत्पादनमा विशेष जोड दिँदै आएकाले फलफूल खेतीको ठोस विकास गर्न सकिएको छैन । तर, फलफूलको खपत भने बढेकाले यहाँ प्रत्येक वर्ष भारत, चीन र अन्य देशबाट प्रचुर मात्रामा आयात गरिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चिया, कफी, अलैंची, सुपारी, केरा, कागजी आदिको उत्पादनमा जोड दिइए पनि अन्य फलफूलको खेतीमा ध्यान दिइएको छैन । त्यसैले यहाँ एभोकाडोलगायत अन्य फलफूलको खेती ओझेलमा परेको छ । हाल पूर्वी नेपालका केही कृषक एभोकाडोको खेती व्यावसायिक रूपमा गर्न इच्छुक छन् । सरकारले उनीहरूलाई आवश्यक सहयोग प्रदान गरे भविष्यमा यहाँ एभोकाडो खेती फस्टाउन सक्छ ।
वस्तुतः कोभिड–१९ को महामारीपछि विश्वको अर्थतन्त्र शिथिल भएको छ । केही वर्षयता रुस–युक्रेन र मध्यपूर्वमा जारी युद्ध र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धको कारण खासगरी इन्धन र खाद्यवस्तुको मूल्यमा उतारचढाव आइरहेको छ । जसको फलस्वरूप पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ र खाद्यवस्तुको मूल्य वृद्धि भई विश्वको व्यापार गतिविधि एवं पुँजी प्रवाह प्रभावित भएको छ ।
हाल पनि विश्वमा मुद्रास्फीतिका कारण इन्धन तथा अन्य वस्तुको मूल्य कायमै छ । जसको फलस्वरूप विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र नेपाल पनि अछुतो रहन सकेको छैन । भविष्यमा यहाँको अर्थतन्त्र सबल बनाउन एभोकाडो खेतीले केही योगदान पु¥याउनेछ । जसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ ।






