चन्द्रनगरको बिर्ता बजारदेखि किसनपुरसम्म कालोपत्रे हुने

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं २ र १ जोडने सडक कालोपत्रे हुनेभएको छ। कालोपत्र सडकको शिलान्यास आज प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री चन्दा चौधरीले गरिन । १ करोडको लागतमा ८ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

सांसद चौधरीले यो वर्ष ८ सय मिटर सडक मात्र कालोपत्रे हुने र अगामी वर्षमा वडा नं १ को मुख्य सडक कालोपत्रे हुने बताइन ।

उनले क्षेत्र नं १ विकासको लागि सम्पूर्ण प्रयास गरिने छ । पहिला मधेश सरकारले करोडौं रकम पोखरीमा खर्च गरेको थियो । पोखरीको विकासले नागरिकले खासै लाभ लिन सक्दैनन् । बाटोघाटो, विधालय, कलेज तथा अस्पतालमा बजेट विनियोजन गर्दा नागरिकले प्रत्यक्ष लाभ प्रत्येक दिन लिन सक्ने उनले बताइन ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले पालिकाको विवाद तथा आफूसँग स्पष्ट बहुमत नहुँदा गाउँपालिकामा एउटा पनि बाटो कालोपत्रे गर्न सकिएको थिएन तर सांसद चौधरीले सडक कालोपत्रेको लागि गरेको पहल सराहनीय भएको उनले बताए ।

उनले गाउँ गाउँमा सिंहदरबार नारामा मात्र सीमित भएको बताए । बहुमतको खेलले गर्दा विकास निर्माण कार्य अवरुद्ध भएको उनले जिकिर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साहले क्षेत्र नं १ मा निर्वाचित सांसदले यस क्षेत्रमा विकास गर्नुपर्नेमा सामुनुपातिक सांसद चौधरीले आफनो पहलमा विकास निर्माण कार्य गरिरहेकाे उनले बताए । अब हामी सांसद चौधरीलाई नै यो क्षेत्रमा ल्याउने बताए ।

कार्यक्रममा वडा नं १ वडा अध्यक्ष रामेश्वर महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु साह, वडा नं ३ का वडा अध्यक्ष सीताराम महतो, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान