काठमाडौं । जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।
तलेजु भवानीको दर्शन गराउने परम्पराअनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ ।
कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।
कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रिपरिषद बैठक बस्दै
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता
कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौं महानगरपालिकाले भन्यो– ‘कात्तिक १, ३ र ४ गते घरबाट फोहोर बाहिर ननिकाल्नू’
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै






