चलचित्र झिल्कोको ट्रेलरमा सामाजिक सञ्जालको कुलत

काठमाडौं । नेपाली चलचित्र झिल्कोको ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र यही १९ वैशाखबाट रिलिज हुँदै छ ।

यो चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्ह्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठको अभिनय रहेको छ । यो चलचित्रको ट्रेलरमा आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असर’bout संवेदनशील विषय समेटिएको छ ।

आफूले आफ्नो परिवार र समाजका सामाजिक सञ्जाल र मोबाइल हेर्ने लतका कारण धेरै बालबालिकाहरू विभिन्न मानसिक र अन्य रोगको सिकार भएका कारण यो विषयमा आफूले चलचित्र निर्माण गरेको यसका निर्देशक निर्देशक यादवकुमार भट्टराईले राजधानीलाई बताए ।

भट्टराईका अनुसार, झिल्को एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने संकट’bout दर्शकलाई सचेत गराउने प्रयास हो । झोला जस्तो सफल र सामाजिक चलचित्र निर्देशन गरेको यादवले यस पटक पटक फरक विषयमा चलचित्र निर्माण गरेको जिकिर गरे । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन् ।

झिल्कोका कार्यकारी निर्माता उमेश पौडेल हुन् । यसको निर्मातामा सुशीला आचार्य, राम गोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो । मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको रंग संयोजन र उत्तम न्यौपानेको ध्वानी मिश्रण छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक