उदयपुर । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले ३१ वर्षपछि आङ्खनै भवन पाएको छ । उदयपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्नका लागि आर्थिक वर्ष २०५१–०५२ सालमा स्थापना भएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयले ३१ वर्षपछि भवन पाएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– १० बोक्सेमा योजना कार्यालयको नव निर्मित भवन भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले आईतवार उदघाटन गरेपछि सञ्चालनमा आएको हो । नापी कार्यालयसँगै ८ कट्टा १० धुर क्षेत्रफलमा १ करोड लागतमा योजना कार्यालयको आधुनिक भवन निर्माण भएको छ । सो भवनमा ल्याब सहित कार्यालय रहेको जनाएका छन ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री दाहालले भवन उदघाटन गर्दै समृद्धिको आधारमा नै सडक भएकाले सडक निर्माण अपरिहार्य भएको बताए । त्यसैले सडक निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरि राखेकाछौं । उनले भने सडक पूर्वाधारको पनि पुर्वाधार हो । उनले भने सडक गुणस्तरीय, सुरक्षित र वातावरणमैत्री हुनु पर्नेमा जोड दिए । हामी अहिले सडक सञ्जालमा जोड दिई राखेकाछौं पुर्व पश्चिम एशियन हाईवय निर्माण गरि राखेकाछौं । चार वटा राष्ट्रिय राजमार्ग निर्माण भई रहेको छ ।
सडक पुर्वाधार बिना औद्योगिकरण नहुने भएकाले सरकार सडक पूर्वाधारलाई प्राथमिकता राखेर काम गरि राखेको छ । उनले भने नेपाल निर्माणको चराण्मा रहेकाले यसमा सबै मिलेर सहयोग गर्न आग्रह गरे । उनले भने पछिल्लो समय हामीले सडक पुर्वाधारलाई प्राथमिकता राखेर काम गरि राखेकाछौं । हाम्रा दुई ठुला छिमेकी देश चीन र भारतलाई छुने गरि पुर्व पश्चिम उत्तर दक्षिण लोकमार्ग निर्माण भई रहेको छ । सडक सञ्जाल मार्फत दुवै देशमा आवातजावात सहज भए त्यसको फाईदा नेपाललाई हुने हाम्रो अपेक्षा रहेको छ । सडक सञ्जाल मार्फत दुवै देशलाई कनेकटिभिटी गराउँन सके त्यसको फाईदा नेपालीलाई हुने थियो ।
उनले भने पछिल्लो समय सडक निर्माणमा हुने गरेको ढिलाई सुस्तीलाई अन्त्य गर्न सडक बिभागलाई निर्देशन दिए । कसैलाई पनि ढिलासुस्ती गर्ने छुट छैनन । तोकिएको समय सिमा भन्दा अघि नै सम्पन्न गरे पुरस्कृत गरिने उनको भनाई थियो । गाईघाट – दिक्तेल सडकको ट्रयाक खेलेको लामो समय बित्ति सक्दा समेत सहज रुपमा खोटाङबासीले सेवा नपाएको दुःख ब्यक्त गरे । निर्माण ब्यवसायीले समयमा काम सम्पन्न नगरेका कारण खोटाङबासी दुख पाएको हो । अब त्यस्तो नहुनेमा विश्वस्त रहेको उनले बताए । उनले भने अधिकाश सडक योजना कार्यालय टहरामा बसेर कार्य सम्पादन गर्दै आएको छ । तर गाईघाट योजना कार्यालयले भने आधुनिक भवन पाएको छ, यसले कार्य सम्पादन गर्न सहज हुने जनाए ।
नवनिर्मित भवन उदघाटनपछि मन्त्री दाहाल गाईघाट – दिक्तेल सडकको स्तरोउन्नती तथा कालोपत्रको शुभारम्भ गरेको छ । मन्त्रीले फोक्सिनटारस्थित गत असोज १२ गते आएको बाढीले बगाएको फोक्सिनटारको पुलको अबलोकन गर्दै त्यहाँ नै खोटाङ तर्फको भागमा सडक स्तरोउन्नती तथा कालोपत्रेको शुभारम्भ गरेको हो । शुभारम्भ गदैृ उनले भने राजनितिक अस्थिरताका कारण हामीले चाहेको जस्तो बिकास सम्भव नभएकाले अहिले राजनितिक स्थायीत्वका लागि ठुला दल मिलेर सरकार निर्माण गरेको बताए ।






