मुस्लिम समुदायद्वारा जुमाका क्रममा रकम जुटाएरु बाढीपीडीतलाई सहयोग

राजविराज । सप्तरी सदुमुकाम राजविराज तथा आसपासका मस्जिदहरुबाट मुस्लिम समुदायका अगुवाहरुले जुमा (नमाज प्रार्थना) का क्रममा सहभागीहरुबाट रकम संकलन गरी रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागी आर्थिक सहयोग जुटाएका छन ।

इस्लामिक संघ नेपालको आह्वानमा राजविराज मुस्लिम समाजका अगुवाहरुले नगर तथा आसपासका गरी ९ वटा मस्जिदबाट जुमाका क्रममा आएका सहभागीहरुबाट १ लाख ७० हजार ७ सय ५० रुपैया संकलन गरेका हुन ।

शनीवार राजविराज ४ स्थित नुरी जामा मस्जिदमा आयोजित एक कार्यक्रमबीच मौलाना कैस रज्जाले संकलित रकम बैंक खुलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने जानकारी दिए ।

उक्त रकम नुरी जामा, मोहम्दपुर, रहमदपृुर, झल्ही, तोपा, तेतरी गाछी, इनरुवा लगायतका स्थानमा रहेका मस्जिदहरुमा जुमाका लागी आएका मुस्लिम धर्मावलम्बीहरुबाट संकलित गरिएको मुस्लिम अगुवा मो.गुलाबले बताए ।

मुस्लिम अगुवा मो.तैयब अन्सारीले बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागी सहयोग पग्ने भन्ने उदेश्यका साथ यस्तो प्रयास गरिएको बताए । सो अवसरमा मुस्लिम अगुवा मो.कलिम खान, मो.बब्लु, मो.इरसाद अन्सारी, मो.मन्सुर, मो.कलाउद्दिन लगायत ठूलो संख्यामा मुस्लिम अगुवाहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो