काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शाह अमेरिका जाने मिति तय भएको छैन, यद्यपि सेप्टेम्बर २२ देखि २६ सम्म महासभामा साधारण बहस सञ्जालन हुनेछ ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको महासभामा जाने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पुष्टि गरेका छन् । उनले भने, ‘महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ ।’
प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उनले सम्बोधन गर्ने छन् । उनको सम्बोधनको खाका तयार गर्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायत सबै मन्त्रालय क्रियाशील छ ।
सम्बन्धित समाचार
सरकारका साढे पाँच महिनाः नागरिकदेखि आफ्नै सांसदसम्म असन्तुष्ट
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने
लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी, ओली गएनन्
भोटेकोशी बाढी सम्बन्धमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री
देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव
राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ: रवि






