अमेरिकाको टेक्सस शहरमा आएको बाढीको कारण २५ जनाको मृत्यु गएको छ। यक्त बाढीमा परेर कयौं घाइते भएका छन्। अधिकारीहरूले क्याम्पमा रहेका २० भन्दा छात्रा हराइरहेको जनाएका छन्। ४ जुलाइमा मनाइने स्वतन्त्रता दिवसका धेरै कार्यक्रम भङ्ग भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ४५ मिनेटको अन्तरमा ग्वाडोलाप नदी २६ फिट माथि उठेको थियो। हेलिकोप्टर, नौ वटा उद्धार टोली र स्थानीयहरू उद्धार कार्यमा संलग्न छन् । केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्। सो नदीमा हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको समाचारमा उल्लेख छ ।
शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, ’cause धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।
विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।






