चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने तर्क गरेका छन । छिमेकी देश भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन ।
सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने पनि बताएका छन । उनले विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको पनि बताएका छन । उनले भनेका छन, ‘विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई थप बलियो बनाउनुपर्छ ।
ताकि अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्न सकियोस् ।’ राष्ट्रपति सीले वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकामा चिन्ता व्यक्त गरे ।
‘यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्छ,’ उनले भने । यस्तै, सीले नियमबिनाको विश्व ‘अराजकता र अव्यवस्था’तर्फ जाने जोखिम रहने भन्दै अन्तर्राष्ट्रिय नियम सबै देशको सहभागितामा निर्माण हुनुपर्ने पनि बताएका छन ।
उनले भने, ‘नियमबिनाको विश्व ट्राफिक बत्ती नभएको चोकजस्तै हो, जहाँ अराजकता र अव्यवस्था लगभग निश्चित हुन्छ, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ ।’ ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको संयुक्त रूपमा रक्षा गर्नुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिए ।
‘सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्नुपर्छ,’ उनले भने ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीवारे चिनियाँ रक्षा मन्त्रालयले यस्तो विवरण सार्वजनिक गर्यो
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध
नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ
बाढी प्रभावित परिवार भेट्न युएईवाट नेपाल फर्कन चाहनेले विवरण दर्ता गराउन आग्रह
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी संकलन
रुसद्वारा इरानलाई सुपरसोनिक मिसाइलमा सघाएको खुलासा






