स्कुटर दुर्घटनामा १५ बर्षिय बालकको मृत्यु

सिन्धुली । कमलामाई नगरपालिका ७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतबार साँझ स्कुटर दुर्घटना हुँदा ललितपुर उपमहानगरपालिका २९ घर भई कमलामाई नगरपालिका वडा नं. ६ राजमाटामा बस्ने १५ वर्षिय रितेश जोन्छेको मृत्यु भएको हो । तिव्र गतिका कारण स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जानकारी दिएका छन ।

सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ रिफर गरिएकोमा सुनकोशी ६ खाल्टेमा पुग्दा उनको मृत्यु भएको सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत