बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरी आइसोलेसनमा राखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए ।

डा. पोखरेलले उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि गल्कोटबाट बागलुङ आएकी उनलाई कोरोना आशंकामा स्वाब संकलन गरी आइसोलेसनमा राखिएको बताए । ‘उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि अस्पताल आउनुभएको थियो,’ उनले भने–‘मुटुको समेत समस्या रहेको र कोरोनाको आशंका लागेर स्वाब संकलन गरि आइसोलेसनमा राखिएको हो ।’

उनको स्वाब परीक्षणको लागि बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती