पहिरोमा एकजनाको मृत्यु, अर्का घाइते

पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२५ निवासी २३ वर्षीय तेजबहादुर गुरुङ हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा घाचोकको शुक्लागण्डकी माविका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखराको मणिपाल अस्पतालमा उपचार हुँदैछ ।

लस्तीखोलास्थित हेमजा–माछापुच्छे सडक खण्डमा बुधबार बिहान पहिरो खसेको थियो । बंगुर फार्ममा दाना लिएर जानेक्रममा गुरुङ पहिरोमा पुरिएका हुन् । उनको स्थानीयको सहयोगमा प्रहरी शव बाहिर निकालेको छ ।

पोखराबाट घाचोकस्थित विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो । घाइते उनलाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी