बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले बंगलादेशसँग भदौ २१ र २४ गते दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्डोअन्तर्गत हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोट अन्तर्गत भियतनामसँग खेल्दै छ । सोही खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ ।

यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । समूहचरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।नेपाली टोलीले अब अक्टोबर ९ तारिखमा भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ । यसअगाडि नेपाली टोली राम्रो तयारी गर्ने लक्ष्यमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण