सुरक्षित विकल्प वर्तमान सरकार

पाल्पा । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडलले देशलाई समृद्धिको तर्फ डो¥याउने सबैभन्दा सुरक्षित विकल्प वर्तमान सरकार रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समिकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले यो समिकरण २०८४ को निर्वाचनसम्म जाने दाबी गरेका छन् । रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन पाल्पा आउनु भएका अर्थमन्त्री पौडलले देश तिनवटा प्रमुख अस्थिरताहरू देखापरेपनि तिनीहरू किनारा लागेको उल्लेख गरे ।

प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डा विहिन खहरे प्रबृत्ति र सत्ता प्राप्तीका लागि गरिने चलखेल जस्ता प्रबृत्ति समाप्त भएको उनको भनाइ छ । मन्त्री पौडलले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेले ऐतिहासिक भगवती मन्दिरमो पुनःनिर्माण पुरातात्विक हिसाबले गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले पाल्पाको विकास पर्यटनबाटै गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबै पक्ष लाग्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ