गाजा युद्ध ३ साताभित्र अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध दुई वा तीन हप्ताभित्र अन्त्य हुने दाबी गरेका छन् । ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूमाझ करिब दुई वर्ष लामो संघर्षलाई अन्त्य गर्न गम्भीर कूटनीतिक प्रयास भइरहेको पनि उनले बताएका छन् ।

अर्को दुई वा तीन हप्ताभित्रै तपाईंहरूले निकै राम्रो, निष्कर्षमुखी एउटा ठोस अन्त्य देखिने राष्ट्रपति ट्रम्पको भनाइ छ । ट्रम्पले यस्तो दाबीको ठोस आधार भने प्रस्तुत गरेका छैनन । इजरायलले गत हप्ता मात्र हमासले स्वीकार गरेको चरणबद्ध युद्धविराम प्रस्तावमा चासो नदेखिएको बेला ट्रम्पको भनाइ आएको हो ।

इजरायली सरकारले गाजा सिटी नियन्त्रण गर्ने योजनालाई अघि बढाइरहेको छ । ट्रम्पले बारम्बार दुई हप्ते समयसीमा प्रयोग गरेर ठूला घटनाक्रम कहिले अघि बढ्छन् भन्ने भविष्यवाणी गर्दै आएका छन् । यसै वर्षको सुरुमा पनि ट्रम्पले पटक–पटक बन्दकहरूलाई मुक्त गर्ने आसन्न सम्झौता हुने दाबी गरेका थिए । तर सो अनुसार काम हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग