विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

काठमाडौं । विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा सांसदहरूले चासो व्यक्त गरेका छन् । प्रतिनिधिसभाका सांसदहरूले आजको बैठकमा विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेका हुन् ।

सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिए । सांसद बुढाले विद्युतीय राहदानी छपाइ प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका ’boutमा स्पष्ट पार्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गरिन् ।

नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिका विषयमा असहमति जनाए ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे ।

उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारका ’boutमा स्पष्ट पार्न सरकारसँग माग गरे ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग