बसोबास विस्तारले निम्त्याएको पीडा

वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या अत्यधिक बढेको छ । सालिन्दा लाखौं युवायुवती रोजगारीका लागि बिदेसिइरहेका छन् । आर्जनका दृष्टिकोणले वैदेशिक रोजगार नेपालका सन्दर्भमा लाभप्रद छ । वैदेशिक रोजगारीको आकर्षणले हाम्रा गाउँटोल युवाविहीन हुँदै छन् । दक्ष युवाहरू देश विकासको शक्ति एवं आधारस्तम्भ हुन् भन्ने कुरालाई राज्यले गम्भीरताका साथ नलिँदा युवा बिदेसिनुपर्ने अवस्था आएको हो । युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने पूर्वाधार राज्यले खडा गरिदिने हो भने युवाको सीप र पौरखले निश्चय नै मुलुकलाई अगाडि बढाउँछ ।

युवा सन्ततिलाई पछ्याउँदै बिदेसिने नेपालीको संख्या पनि सालिन्दा बढ्दो छ । स्वदेशमा रोजगारीकै समस्या, शिक्षा आर्जनमै समस्या, खान बस्नकै समस्या तथा आयआर्जनमै समस्या भएका कारण यसको समाधानार्थ नेपालीका लागि वैदेशिक रोजगार विकल्प बनिरहेको छ । आकर्षक तलब र सहज जीवनस्तरको अपेक्षाले बिदेसिने कतिपय युवायुवती पनि समस्याको भूमरीमा पर्दै आएका छन् । तथापि, अधिकांशका लागि औसत रूपमा वैदेशिक रोजगार लाभप्रद देखिएको छ । बिदेसिएको जनशक्तिका माध्यमबाट प्राप्त हुने रेमिट्यान्सले केही हदसम्म आर्थिक भरथेग भइरहेको छ । राज्यले अर्को भरपर्दो वैकल्पिक व्यवस्था नगरेसम्म बेरोजगार बस्नुभन्दा युवाका लागि वैदेशिक रोजगारमा जानु उत्तम उपाय पनि हो ।

हामीद्वारा सम्पन्न हुने जुनसुकै कार्यको पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । प्रायः गरी अधिकांशले यसलाई मनन गरे पनि झिनोमसिनो चुनौतीको परवाह नगरी इच्छाएको कार्य गर्न सबै अग्रसर बन्छन् । काम प्रारम्भ गर्नुपहिले त्यसको सकारात्मक एवं नकारात्मक पक्ष’boutमा गहन अध्ययन विश्लेषण र परिणामको मूल्यांंकन गरी कार्य प्रारम्भ गरिए धोका हुँदैन । रोजगारी र आयआर्जनको दृष्टिकोणले वैदेशिक रोजगार सबैका लागि फलदायी हुन्छ । तथापि, यसका कतिपय नकारात्मक दीर्घकालीन पक्ष पनि छन् । अल्पकालीन नकारात्मक पक्षलाई छोडेर वैदेशिक रोजगारीको दीर्घकालीन नकारात्मक पक्षमा पर्ने निर्वासित जीवन र सोबाट हुनसक्ने पारिवारिक विच्छेदको वियोग’boutमा यस स्तम्भमा संक्षिप्त चर्चा गरिन्छ ।

नेपाली अहिले रोजगारीको सिलसिलामा, साथी र आफन्तसँगको भेटको सिलसिलामा, भ्रमणको सिलसिलामा तथा पठनपाठनको सिलसिलामा विश्वका अधिकांश मुलुकसम्म पुगिसकेका छन् । यसमध्ये विदेश पुगेका धेरैजसो नेपाली फर्किएर पनि आउँछन् तर करिब १०–१५ प्रतिशत व्यक्तिहरू विदेशी भूमिप्रति नै आकर्षित हुँदै अन्ततः त्यतैको बासिन्दा बन्नेक्रम पनि पछिल्लो समयमा बढ्दै आएको छ । दीर्घकालीन सोचका साथ विदेशी भूमिमा स्थायी बसोबास जमाउने व्यक्तिको जनजीवन तत्कालका लागि सहज र चिन्तामुक्त बने पनि उनीहरूकै सन्ततिको भावी जीवन भने चिन्ताग्रस्त बन्नपुग्छ भन्नेतर्फ अधिकांश संवेदनशील बन्दैनन् । विदेशको बसाइले मातृभूमिलाई बिर्साउँछ र आफन्तलाई नै पराइ बनाउँछ भन्नेतर्फ बिरलैको ध्यान जानसक्छ ।

विदेशी भूमिमै स्थायी बसोबास गर्ने नेपालीका तीन पुस्तापछिकै सन्तानहरू नै नेपालस्थित आफन्त एवं नेपाल राष्ट्रसँगै क्रमशः बिरानो बन्दै जान्छन् । उनीहरूकै सन्तानका लागि त नेपाली भूमिमा रहेका आफन्त दाजुभाइ नै पराइ ठानिन्छन् । नेपालमा रहेका एकै बाबुआमाका चार पुस्तापछिका सन्तानका लागि पनि आफ्नै दाजुभाइ विदेशी मानिन्छन् । पारिवारिक आत्मीयता लोप हुन्छ । विदेशकै वातावरणको प्रभावका कारण वैवाहिक सम्बन्ध कायम राख्दै आउँदा कतिपयले त आफ्नो मौलिक पहिचान मानिने थर र गोत्र नै परिवर्तन गर्छन् । यसपछि उनीहरूकै सन्तानका लागि नेपाल एकादेशको कथा बन्छ । प्राकृतिक रूपमा रमणीय र आकर्षक छ रे नेपाल † भनेर तिनै सन्तान पर्यटक बनेर नेपाल भ्रमणमा आउने अवस्था हुन्छ ।

एसियायी मुलुकको भारत, बर्मा, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, थाइल्यान्डमा तीन–चार पुस्ता बिताइसकेका नेपाली मूलका व्यक्तिमा भौगोलिक निकटताकै कारण नेपाल हाम्रो पुख्र्यौली थलो हो भन्ने आत्मीयता अझै हराइसकेको छैन । अग्रजले पनि उनीहरूलाई नेपालका ’boutमा जानकारी गराउँदै आएका हुन्छन् । तर, पाश्चात्य मुलुकमा पुग्ने नेपाली मूलका व्यक्तिहरू यस्तो संसर्गबाट टाढिएका हुन्छन् । तीन–चार पुस्तापछि नै उनीहरू नेपालप्रति विरानो बन्नुको कारण यही हो । वैदेशिक रोजगारले निम्त्याउने यो मार्मिक पक्ष हो । यसपछि भने हामीले मानवको विकास, विस्तार र सभ्यताकै इतिहास हेरेर चित्त बुझाउनुपर्ने हुन्छ ।

मानिसमा आएको चेतना र बसोबास विस्तारसँगसँगै विभिन्न भौगोलिकस्थल र गाउँबस्तीकै नामसँग जोडिएर मानिस परिचित हुँदै आयो । यहीक्रमको उपज हो कस, खस, आर्यन, मंगोलियन समूहगत बनेका नामहरू । बसोबास छनोट गर्ने क्रममा नदी किनारको उर्बरा स्थानबाट अन्य उपयुक्त स्थल खोजी गर्दै पृथ्वीको सबै क्षेत्रसम्म मानिस विस्तारित हुनपुग्यो

स्मरण रहोस् चाल्र्स डार्बिनको विकासवादी सिद्धान्त ‘नेचरल थ्योरी अफ इभोल्युसन’का आधारमा सर्वप्रथम पानीमा उत्पन्न भएको एकसेलीय जीव अमिवादेखि भ्यागुतोसम्मको विकास हुन लाखौं वर्ष लाग्यो । जल र स्थलमा बस्नसक्ने भ्यागुतोदेखि बाँदर हुँदै वनमान्छे वा गुरिल्लासम्मको उत्पत्ति हुन पनि लाखौं वर्ष लाग्यो । गुरिल्लाबाट मानिससम्म आइपुग्न हजारौं वर्ष लागेको अनुमान गरिएको छ । प्रारम्भमा मानिस जंगली अवस्थामा थियो । रूखको फेद र गुफा, ओडारमा बस्ने, कन्दमूल र जीवजन्तु खाने तथा स्याउला र रूखको बोक्राले नांगो शरीर ढाक्दै हजारौं वर्षपछि मानिस छाप्रोमा बस्न, फलफूल र कन्दमूल उत्पादन गर्नसक्ने हुन पनि सयौं वर्ष लागेको अनुमान गरिएको छ । खेती गर्नसक्ने अवस्थामा आइपुग्न पनि मानिसलाई हजारौं वर्ष लागेको विश्वास गरिएको छ ।

चेतनामा आएको विस्तारसँगसँगै मानिसले जीवन उपयोगी र हानिकारक चिजवस्तु’boutमा जानकारी लिँदै आयो । यसक्रममा बाँच्नका लागि नभइ नहुने वायु वा हावा, प्राण धान्न आवश्यक पर्ने पानी, न्यानो बनाउने अग्नि एवं सूर्य, आश्रय दिने भूमिको महŒव बुझ्दै आयो । क्रमशः यिनै अत्यावश्यक वस्तुलाई अपरिहार्य ठान्ने क्रममा यिनै चिजवस्तुलाई मानिसले पुज्न सुरु ग¥यो । क्रमशः यिनीहरूलाई दैविक शक्ति ठान्न थाल्यो । सन्तान वृद्धिसँगसँगै मानिसको बसोबास पनि विस्तार हुँदै गयो । विस्तारकै क्रममा पृथ्वीका विभिन्न भौगोलिक क्षेत्रसम्म मानवबस्ती विस्तारित हुँदै आएपछि मानिस सभ्यताको चरणमा प्रवेश ग¥यो । सभ्यता विकास भएसँगसँगै मानिस विभिन्न समूहका नामबाट परिचित हुनथाल्यो । चाल्र्स डार्बिनको सिद्धान्तअनुसार जंगली अवस्थाबाट सभ्यताको चरणमा प्रवेश गर्न मानिसलाई हजारौं वर्ष लागेको थियो ।

मानिसमा आएको चेतना र बसोबास विस्तारसँगसँगै विभिन्न भौगोलिकस्थल र गाउँबस्तीकै नामसँग जोडिएर मानिस परिचित हुँदै आयो । यहीक्रमको उपज हो कस, खस, आर्यन, मंगोलियन समूहगत बनेका नामहरू । बसोबास छनोट गर्ने क्रममा नदी किनारको उर्बरा स्थानबाट अन्य उपयुक्तस्थल खोजी गर्दै पृथ्वीको सबै क्षेत्रसम्म मानिस विस्तारित हुनपुग्यो । यस्तै पृष्ठभूमिबाट विकसित भएको आर्य समुदायकै दृष्टान्तलाई हेरौं ।

आर्यहरूको उत्पत्तिस्थल तत्कालको सुमेरियन सभ्यतास्थल वा हालको क्यास्पियन सागरकै दक्षिणीतर्फको आसपासको भूभाग मानिएको छ । विश्वको सबैभन्दा पुरानो सभ्यता ई.पू. ४५०० तिर विकसित भएको सुमेरियन सभ्यतालाई मानिएको छ । यो सभ्यता अहिलेको इरान इराक राज्यभित्रै पर्ने टिग्रिस र युफ्रेटस नदीको बीचमा विकसित भएको थियो । यही सभ्यतास्थल र आसपासको क्षेत्रबाट आर्यहरू विश्वका अन्य विभिन्न भूभागमा फैलिँदै गए । विस्तारित हुने क्रममा पूर्व लागेका आर्यन समूहले ई.पू. ३५०० तिर सिन्धु नदीको किनार क्षेत्रमा सिन्धुघाँटीको सभ्यता विकसित गरे । फैलिने र विस्तारित हुने क्रममा दक्षिण र पूर्वी एसियामा आर्यहरूको बाहुल्यता भयो । गंगा नदीको तटीय क्षेत्रमा आर्यहरूको घना बस्ती विस्तार भयो । गंगा नदी किनारबाट पनि यत्रतत्र आर्यहरू विस्तारित हुने क्रममा हालको भारतको उत्तराखण्ड तत्कालको कुमाउगहढवाल क्षेत्रमा आर्यनहरूको बसोबास बाक्लियो ।

कुमाउ गहढवालबाट पनि बसोबासका क्रममा आर्यनहरू नेपाल प्रवेश गरे । वि.सं. १२०७ मा तिब्बतको लद्दाखबाट आएका नागराजले कर्णाली भेगमा खसिया मल्ल राज्य स्थापित गरी जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन सञ्चालन गरे । नागराजका नातिका पालामा सो खसिया मल्ल राज्य विस्तारित भएर पूर्वमा कास्कीकोट हालको पोखरा, पश्चिममा हालको भारतको उत्तराखण्डमा पर्ने सतलज नदीसम्म र उत्तरमा तिब्बतको लद्दाखदेखि दक्षिणको दैलेखको दुल्लुसम्म विस्तारित भयो । यही समयमा वि.सं. १३०० तिर कुमाउगहढवाल क्षेत्रबाट आर्यहरू राजधानी सिञ्जा आसपासको क्षेत्रतिर आकर्षित हुँदै बसोबास गर्न थाले । त्यसताका अहिलेको दार्चुला, बैतडी, जुम्ला, बझाङ, डोटी अछाम कालिकोट र बाजुरा जिल्ला क्षेत्रभित्रका गाउँबस्तीमा आर्यनहरूको बाहुल्यता थियो । त्यसै समयमा खसिया मल्ल राज्यकै पदाधिकारीको पदकै आधारमा तथा बसोबास गर्ने गाउँ बस्तीको नामकै आधारमा आर्यन समूहबाट विभिन्न थर बन्दै आए । यसपछि मानिस विभिन्न थरले परिचित हुनथाल्यो । आर्यन मात्र होइन, यहीक्रममा मंगोलियनहरूको पनि थर विभाजित हुँदै आयो । अन्य सबै जातजातिको हाल प्रचलनमा आएको थरको पृष्ठभूमि समूहगत नाम नै हो ।

वि.सं. १४४६ देखि त्यही विशाल खस, साम्राज्य टुक्रिन थाल्यो । सो क्षेत्र क्रमशः बाइसी र चौबिसी राज्यमा विभाजित हुँदै आएपछि मानिस पनि बसोबासका क्रममा पूर्वतर्फ फैलिँदै आए । यसरी मानिसको उत्पत्ति, विकास र विस्तारको क्रमलाई हेर्दा कुमाउगहढवालदेखि खस साम्राज्यकालमै बनेका थरहरू नै अहिलेसम्म हामीले प्रयोग गर्दै आएका छौं । यसरी नै फैलिने क्रममा एकै दाजुभाइहरू पनि विभिन्न भौगोलिक क्षेत्रमा पुगेका हुन् । जो जहाँ रहे बसेको भए पनि यद्यपि हामी साविकको कर्णाली भेग तथा कुमाउगहढवाललाई बिर्सन सक्दैनौं किनकि त्यो भूमिबाटै हाम्रा पुर्खाहरू परिचित भएका थिए । पुर्खाकै पहिचानलाई हामीले निरन्तरता दिएका छौं ।

नेपालबाट रोजगारी एवं जीवनयापनका क्रममा विश्वको जुनसुकै क्षेत्रम बसोबास गर्न पुगेका नेपालीहरूका लागि सुमेरियन सभ्यतास्थल र कुमाउगहढवालजस्तै कालान्तरमा हामी नेपालबाट आएका हौं रे † भन्ने अवस्था आउँछ । मानवको विस्तार र बसोबासको इतिहासलाई हेर्ने हो भने कुनै एक स्थानमा रहेको बस्तीमा बढीमा
२ अढाइ सय वर्षपछि आमूल परिवर्तन भएको पाइन्छ । करिब सन् ११०० शताब्दीतिर भारतको वाराणसी वा काशीको नजिक पर्ने कनौज आसपासमा सर्वप्रथम स्थापित भएको गहढवाल वंशको राज्य विस्तारित हुँदै अहिलेको उत्तराखण्डसम्म फैलियो ।

यही राज्य पछि दक्षिण तथा दक्षिणपूर्वी क्षेत्र कटौती हुँदै उत्तराखण्डको कुमाउ र गहढवाल क्षेत्रमा सीमित भयो । ११औं शताब्दीको अन्त्यतिर सो राज्य कुमाउगहढवाल नामबाट प्रसिद्ध भयो । यही कुमाउगहढवालमा पनि करिब डेढ २ सय वर्षपछि यहाँको मानवबस्ती पूर्वी भेगमा सर्दै आयो । यहीक्रम खसिया मल्ल राज्यमा परिणत भयो । बाइसी चौबिसी राज्यमा विभाजित भएपछि पनि २ अढाइ सय वर्षसम्म रैथाने भएर बस्ने व्यक्तिकै सन्तान अन्यत्र स्थानान्तरित भए । यही अवस्था यद्यपि कायम छ । नेपालीहरू विदेशी भूमिप्रति आकर्षित हुनुको मुख्य कारण पनि यही हो ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'