काँग्रेसले सरकार छाड्नुपर्छः गगन

काठमाडौं । काँग्रेस महामन्त्री गगनकुमार थापाले तत्काल प्रधानमन्त्री पद त्याग्न केपी ओलीलाई चेतावदी दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले यो सरकारमा अब काँग्रेस एक दिन पनि बस्न नसक्ने स्पष्ट गरे । थापाले जेनजी आन्दोलनको दमनको जिम्मेवारी लिँदै ओलीले अबिलम्ब राजीनामा दिनुपर्ने बताए ।

थापाले आफू रातभरि सुत्न नसकेको भन्दै देशभित्र र बाहिर सिंगो नेपाल सुत्न नसकेको उल्लेख गरेका छन् । ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ,’ थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’

यो परिस्थितिको थप साक्षी र साझेदार बनेर काँग्रेस थप एक दिन पनि सरकारमा बस्न नहुने पनि उनले लेखेका छन् । थापाले पार्टी बैठकबाट सरकारबाट फिर्ता हुने निर्णय गराउन आफू लागिपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'