विशेष महाधिवेशन बोलाउन काँग्रेस सहमहामन्त्री परियारको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो राजनीतिक घटनाक्रम’bout सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता परियारले अहिलेका लागि विधानको विशेष महाधिवेशनसम्बन्धी धाराको प्रयोग गर्नु उपयुक्त हुने बताएका हुन् । जेन जेड आन्दोलनपछि काँग्रेसमा नेताहरूले नेतृत्व परिवर्तनको माग गरिरहेका छन् भने कतिपयले सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै आएका छन् ।

सहमहामन्त्री परियारले भने नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन नै उपयुक्त विकल्प रहेको बताएका हुन् । ‘पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन हुनुपर्ने जस्ता विविध मागहरू उठेका छन्, मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु र निर्वाचन गर्नु उपयुक्त हुने देखेको छु ।’

विधानको उक्त दफामा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन माग गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

सहमहामन्त्री परियारले जेन जेड आन्दोलनका क्रममा सहादतप्राप्त सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने आक्रमणमा परेका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

त्यस्तै, लोकतान्त्रिक व्यवस्थामाथिनै खतरा पैदा भएको स्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझपूर्ण पहलकदमी लिएको भन्दै आभार समेत व्यक्त गरेका छन् ।

‘पछिल्लो राजनीतिक घटनाक्रमका ’boutमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आइ नै सकेको छ । अब यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको आगामी रणनीति’bout आम नेपाली जनता समक्ष औपचारिक धारणा सार्वजनिक गर्न ढिलाइ गर्नुहुँदैन,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने