२५ वर्षीय पुरुषकाे मृत्यु काेराेनाबाटै, नेपालमा मृतकको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

बाँकेको नरैनापुरको भगवानपुरस्थि दीपेन्द्र प्राविमा क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

ती पुरुषलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टिनमा राखिएको थियो । दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दै आएका पुरुषले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार