इटहरी । इटहरीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो ।
मृतक सागर सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)का स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।
जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी रहेका पारसले भने केही समयअघि राजीनामा दिएका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बिहान २ बजे दुर्घटना भएको र घाइते भएका दुबैलाई उपचारका लागि लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
शव समाधिस्थ: अभ्यास र कानुन छ, छैन नमूना अभिलेख प्रणाली
नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ
भोटेकोशी भीषण बाढीमा बगेका केही शव भारतसम्म पुगेको पुष्टि
त्रिशूलीमा बाढी आउँदा सशस्त्र र नेपाल प्रहरीले यसरी जोगाए ९२३ कैदीबन्दी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
बाढीले बगाएका गरगहना कसैलाई थाहा नदिई घरमा राखे, अहिले छन् प्रहरीको हिरासतमा





