संविधान दिवसमा कलैयाका युवाद्वारा सरसफाइ

बारा । बारामा संविधान दिवसको अवसर पारी कलैयाका युवाहरूद्वारा सरसफाइ गरिएको छ । कलैया- १ स्थित प्राचिन राम जानकी मन्दिर प्राङ्गणमा रहेको पोखरीको कलैयाका युवाहरूले शुक्रबार सरसफाइ गरेको हो ।

समाज सुधारका लागि विभिन्न तह तप्का युवा समुह मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याउन गठित समूहबाट सरसफाइ गरिएको शौरभ पाण्डेले जानकारी गराएका छन् । समाजिक कार्यलाई अगामी दिनमा निरन्तरता दिदै कुलतमा फसेका युवाहरूलाई समेत समुहमा समावेश गर्दै समाज परिवर्तनमा अहम भुमिका खेल्ने सोच रहेको पाण्डे बताउछन् ।

मठ, मन्दिरको जगेर्ना सबै तह तप्काबाट गर्ने भए पनि मन्दिरको पोखरीमा आ-आफ्ना घरका फोहर प्लास्टिकका झोलामा राखेर पोखरीमा फाल्दा दुर्गन्धित हुने गरेको उनले बताए । प्राचिनकालमा मठ मन्दिरको पोखरीको जलले भगवानको पुजा समेत गर्ने मान्यता अहिलेको पिँढीले मान्दै गएकोले पोखरीको पानी शुद्ध राख्न भए पनि सरसफाइ आवश्यक रहेको अर्का युवा सुमित पटेलले बताए । परिवर्तन युवा पानीबाट हुने भएकोले हामी युवा मिलेर केही सकारात्मक गर्न प्रयास गरेको पटेल बताउछन् ।

मन्दिरमा दर्शन गर्न आएका भक्तजन, बटुवा लगायतले हाम्रो कार्यको सराहना गरी साथ सहयोग गर्ने प्रतिवद्धता गरेको पटेलले बताए ।

सरसफाइ कार्यमा उपमहानगरपालिकाको विभिन्न वडाबाट उपस्तिथ सौरभ चौलागाईं, सौरभ पाण्डे, दिपेन्द्र साह, रामानन्द यादव, सुमित पटेल, सुरज साह, राजाबाबु गुप्ता, राेसन जैसवाल, सचिन माेदक लगायत युवाहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ