शाहरुखलाई पहिलो पटक राष्ट्रिय पुरस्कार

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले चलचित्र ‘जवान’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनलाई मंगलबार बेलुका राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट यो पुरस्कार प्रदान गरिएको हो ।

यो उनको ३३ वर्षको करियरमा पहिलो राष्ट्रिय पुरस्कार हो । त्यसैले, यो सम्मान आफ्नो लागि अत्यन्तै विशेष भएको शाहरुखले बताएका छन् ।

अभिनेता शाहरुखले बलिउडका लागि धेरै वटा सफल चलचित्र प्रस्तुत गरिसकेका छन् । उनले फिल्म फेयर जस्ता प्रमुख पुरस्कारहरू धेरै पटक जितेका छन् । घरेलु देखि अन्तर्राष्ट्रिय स्तरका धेरै प्रमुख पुरस्कारहरू पनि जितेका छन्, तर यो राष्ट्रिय पुरस्कार पहिलो पटक प्राप्त गर्दा फरक महसुस भएको यी अभिनेताको कथन छ ।

चलचित्रबाट राष्ट्रिय पुरस्कार पाउन अघि नै उनले भारत सरकारको पद्म श्री विभूषण प्राप्त गरिसकेका थिए । अहिले शाहरुख खान अभिनेत्री दीपिका पादुकोणसँग आगामी चलचित्र ‘किंग’ को छायांकनमा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ