सुष्मा र राजको देशभक्ति गीत

काठमाडौं । गीतकार गीतकार सुष्मा देवकोटा र गायक राजसागरले नयाँ गीत ‘मुग्लानी छातीमा देश दुख्छ…’ को भिडियो सार्वजनिक गरेका छन् । कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीहरू र स्वदेशमा अप्ठेरोमा परेका जनताको भावलाई यो गीतमा समेटिएको छ ।

यो गीतमा संगीत पनि गायक राजसागरकै रहेको छ । गीतको शब्द मार्मिक भएका कारण लकडाउनको अवस्थामा पनि रेकर्ड गरेर आफूहरूले युट्युबबाट रिलिज गरिएको राजले बताए । गीतको संगीत संयोजन सञ्जीव बराईले गरेका हुन् ।

आफूले यो गीत प्राकृतिक विपत्ति, सीमा विवाद, दुर्गम क्षेत्रमा जनताले भोगेका पीडा, बालबालिका अपहरण र बलात्कारलगायतका विषयलाई समेटेर तयार गरेको गीतकार सुष्माले बताइन् । सुस्माका यसअघि तराना, चोखो माया, रंगियो तिजले जस्ता गीतिसंग्रह स्रोतामाझ आइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 425 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार