धनगढीले पठायो १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाएको छ । उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ यात्रामा पठाइएको हो ।

शुक्रवार धनगढीका १५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन् । उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले बिदाइ गरे । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो ।

यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको धनगढी नगर प्रमुख गोपाल हमालले बताए ।

मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना जेष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १४० जना, आर्थिक वर्ष २०८१/८२ मा १३१ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ ।

उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिक स्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ । उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वत धामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी