पर्साका पत्रकारलाई स्थानीय युवाले दिए प्रेस ज्याकेट

वीरगन्ज । राजनीतिक नेता कार्यकर्ता र समाजका हरेकले पत्रकारलाई प्रयोग गरी काम निकालेपछि उपेक्षा गर्ने शैली विस्थापन गर्न पर्साका शेख मुन्नाले २५ पर्सेली पत्रकारलाई प्रेस ज्याकेट दिई मनोबल उच्च राख्न बल दिने जमर्को गरेका छन् ।

न्यायालय, राज्य र समाजले समेत पत्रकारलाई अन्देखा गर्ने गरेको भन्दै उनले पत्रकार विना समाज भित्रका कुनै पनि सुक्ष्म कुरा बाहिर आउन नसक्ने भन्दै आफ्नै प्रयासले २५ पत्रकारलाई प्रेस ज्याकेट दिई पत्रकारको मनोबल उच्च राख्न बल थपेको दावी गरेका हुन् ।

राज्यकै विभिन्न निकायबाट पीडित बनाइएकाको समेत आवाज पत्रकारले बाहिर ल्याई पुनः ती निकालेले न्याय दिएका पनि कतिपय उदाहरण छन् । तर काम निस्केपछि पत्रकारलाई हरेकले होच्याउने शैली विस्थापन गरिनु पर्ने लक्ष्य सहित आफूले सानो चिनो दिएर सम्मान गर्ने प्रयास सुरुवात गरेको शेख मुन्नाको भनाइ छ । झन् राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताले त प्रत्रकारलाई प्रयोग मात्र गर्ने र होच्याउने गरेको गलत शैली हट्नु पर्नेमा बल पुगोस् भनी आफूले सानो सुरुवात गरेको अभियन्ता शेख मुन्नाले बताए ।

हरेक आन्दोलन वा भिडभाडमा सकृय हुनुपर्ने पत्रकारले सामुन्नेका घटना मात्र नभई लुकेका तथ्य पनि बाहिर ल्याउने काम गरेका हुन्छन् । त्यसैले पत्रकारको अझ हौसला बढाउन र समाजका अन्य तथ्यगत कुरा बाहिर ल्याउन बल पुगोस् भनी आफ्नो एकल प्रयासमा सकारात्मक शैलीको थालनी गरेको उनको तर्क छ ।

पत्रकारको सकृयता विना समाजभित्र लुकेर बसेका कुनै पनि घटना बाहिर ल्याउन सम्भव छैन । ज्यानको पर्वाह नगरी संचारकर्ममा लाग्ने साथीहरुलाई थोरै भए पनि मनोबल उच्च राखेर थप नयाँ उर्जा प्राप्त होस् भनी आफ्नो एकल प्रयासबाट सानो कदम उठाएको पनि शेख मुन्नाले दावी गरे । आगामी दिनमा पनि जाडो र गर्मी दुवै सिजनमा पर्सेली पत्रकारहरुलाई सकेजति प्रेस ज्याकेट र ट्रयाक उपलब्ध गराउँदै जाने पनि उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

२६आश्विन २०८२