पार्टी एकताको विपक्षमा उभिए झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारण’bout निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौँ । ठिक बेठिक के गर्‍यौँ, दूध र पानी छुटाऔँ । हामीले नवौँ राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’

खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी