अवैध हुण्डी रकमसहित पर्सामा एक जेनजी पक्राऊ

वीरगन्ज । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) ले गर्न नहुने भनी बर्जित गरेको अवैध हुण्डी रकम सहित पर्सामा एक जेनजी पक्राउ परेका छन् । ऐनले बर्जित गरेको श्रोत नखुलेको (अवैध हुण्डी) रकमसम्बन्धी कारोवार गरेको कसूरमा पर्सा प्रहरीले कारोवारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने जेनजी (व्यक्ति) वीरगन्ज महानगरपालिका १६ का १९ वर्षीय किशन यादव रहेको पर्सा प्रहरीले पुष्टि गरेको हो । अभियुक्त यादवले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ऐनले बर्जित गरेको अवैध रकम ४ लाख ३४ हजार साथमा नै लिएर हिडिरहेको समयमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । पक्राउ पर्ने व्यक्ति आर्थिक नगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका १९ वर्षीय किशन यादव रहेको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेको प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।

मुलुकी संहिताको १२५ दफाको (क) मा हुण्डी सम्बन्धी कारोवार गर्न नहुने भनी बर्जित गरेको अवस्थामा पक्राउ परेका यादवले श्रोत नखुलेको ४ लाख ३४ हजार हुण्डी रकम आफूले लगाएको सेतो पाइन्टको गोजीमा नै बोकी नजानिदै तरिकाले पैदल हिड्दै गरेको समयमा पक्राउ गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरीलाई प्राप्त बिशेष सूचनाको आधारमा आर्ईतबार दिउसो १२ बजेको समयमा पर्साको वीरगन्ज–१०, आदर्शनगरस्थित नबिल बैंकको अगाडी सडक खण्डबाट उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । अवैध दशीसहित फेला परेका अभियुक्तलाई मुलुकी अपराध संहिताको आकर्षित दफा १२५ को (क) बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पनि पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

२८ आश्विन २०८२