वीरगन्ज । फोहोरमैला व्यवस्थापनलाई दीगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतहिासकि कदम चालेको भन्दै वीरगन्ज महानगरपालकिाले त्रिपक्षीय सम्झौता गरेको छ । सोमबार वीरगन्ज महानगरपालकिा कार्यालय, जिरो वेस्ट इनसिएिटिभ नेपाल र सूर्या नेपाल प्रा.लि.का बीच झण्डै ४ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पङि साइट) मा पूर्ण रूपमा नीजि लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिने वीरगन्ज महानगरपालिकाको दावी छ । निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालकिालाई बुझाउने गरी सम्झौता भएको वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए । “वीरगन्जलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो । यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ उनले भने । अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अगाडी बढेको महानगर प्रमुख सिंहको तर्क छ ।
सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेको वीरगन्ज महानगरका प्रेस सल्लाहकार नवराज फूयालले बताए । महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ ।
अहिले शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको महानगरको दावी छ। यही अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइने पनि महानगरप्रमुख सिंंहको दावी छ ।
यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतहिासकि फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्याउने पनि वीरगन्ज महानगरपालकिाको अपेक्षा रहेको पाइएको छ । सम्झौता पछि सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले “यो परियोजना सम्पन्न भएपछि वीरगन्ज फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम हुने हाम्रो पनि अपेक्षा छ भने । उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी सूर्या नेपालले गरेको पनि उनको भनाइ छ । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौं” उनले तर्क गरे ।
सम्बन्धित समाचार







