काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ ।
आज बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।
जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए। उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए।
“हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति पाएनौ, दिइएन”, खनालले भने ।
सम्बन्धित समाचार
राप्रपा अध्यक्ष लिङ्देनमाथि चोरीको आरोप लगाउने दुर्गा प्रसाईंविरुद्ध कानुनी उपचार खोज्न सुझाव
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
शीर्ष नेताकै संरक्षणमा ‘व्यावसायिक गुन्डागर्दी’
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण
कांग्रेस केन्द्रीय समितिका लागि ८ एजेन्डा तय
जेनजीको पहिलो दलः नेतृत्वदेखि एजेन्डासम्म रहस्यम
गुण्डुमा ‘ओलीकुटी’ बन्ने, बालकोटको घर मर्मत नहुने
सरकारलाई खबरदारी गर्दै जेनजेड युनाइटेड सडकमा





