उपचार खर्च नहुँदा सुत्केरीको बिचल्ली

गुल्मी । उपचार खर्च नहुँदा गुल्मीकी एक सुत्केरीको बिचल्ली भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराई निवासी २९ बर्षिय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा परेकी हुन् । उनलाई सुत्केरीको बेथा लागेपछि गत असौज २६ गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । धुर्कोटमा प्रसुती हुन नसकेपछि आइतबार नै उनलाई गुल्मी अस्पताल रिफर गरियो । तम्घास अस्पतालले बच्चाको निधन भइसकेको र शल्यक्रियापछि आमालाई बचाउन सकिने भनेपछि उनको शल्यक्रिया भयो ।

तर आमाको उच्च रक्तश्राव र करिब चार घण्टासम्म होस नआएपछि प्रभास रिफर गरियो । प्रभास अस्पतालमा पनि एक हप्ताको उपचारपछि आइतबार भैरहवा मेडिकल कलेज लगेको उनका जेठाजु बाबुराम सुनारले बताए । ‘धेरै दिन भयो, निको पनि भएको छैन, पैसा धेरै खर्च भइसक्यो, अझै कति हुन्छ थाहा छैन ।’ सरस्वतीका जेठाजु सुनारले भने, ‘भएभरको सम्पत्ति सकियो, अब कुनै उपाय छैन ।’ उनले अहिले आफुहरु अस्पतालमै रहेको र बिरामीको होस आउने–जाने भइरहेको बताए ।

अस्पतालमा अझै एक हप्ताजति बस्नुपर्ने तर लाग्ने खर्च’bout आफुहरुलाई अस्पतालले केही नभनेको उनको भनाई छ । अहिले सरस्वतीलाई मेडिकल कलेजको आइसियु नम्बर २ मा राखिएको छ । सरस्वतीलाई यसभन्दा अगाडी जम्ल्याहा छोरी जन्मिएका थिए । उनका छिमेकी राजु विकले अहिले सरस्वती बचाउ अभियान नै सुरु गरेका छन् ।

सरस्वतीको आर्थिक अवस्था निकै नाजुक भएकोले सहयोग उठाउन थालिएको विकको भनाई छ । सहयोग गर्न चाहानुहुने व्यक्तिहरुले छिमेकी राजु विक (९८५७०७३०५९) अथवा जेठाजु बाबुराम सुनार (९७६५८७५०५४) मा सम्पर्क गरि सहयोग गरिदिनका लागि परिवारले सबैसँग आग्रह गरेको छ । अथवा निज सरस्वतीका जेठाजु बाबुराम सुनारको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर ०९१११७०७०१२०५००१ मा जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह