काठमाडौँ । बडादसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या हुने गरेको छ ।
यस्तो अवस्थामा नेपाल प्रहरीले सञ्चालन गरेको निस्शुल्क बस सेवा सर्वसाधारणका लागि राहतको माध्यम बनेको छ । दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएको उक्त सेवाबाट दुई दिनमा १ हजार ४०६ जना यात्रु लाभान्वित भएका छन् ।
प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जनाले निःशुल्क बस सेवा प्रयोग गरेका थिए भने कात्तिक ४ गते यो संख्या बढेर ८९६ पुगेको थियो । सेवा उपयोग गर्ने यात्रुमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ ।
कुल लाभान्वितमध्ये ७३७ जना महिला र ६६९ जना पुरुष रहेका छन् । चाडपर्वका समयमा नागरिकलाई सहज, सुरक्षित र सुविधाजनक यात्रा गराउने उद्देश्यले प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गरेको थियो ।
विशेषगरी दसैँका बेला यातायातका साधनको अभावमा गन्तव्यसम्म पुग्न कठिनाइ भोग्ने सर्वसाधारणलाई लक्षित गरी उक्त सेवा सञ्चालन गरिएको हो ।
सम्बन्धित समाचार
नदी कटानले गजुरीको गलौँदीमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
उपत्यका छाड्ने यात्रुको चाप उच्च
प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद
लमजुङ कालिका : जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा
रानीपोखरीमा शव फेला
रौनक हराएको दसैँ






