कवि मुकुलले ल्याए ‘एक अस्तित्व आलाप’

काठमाडौं । कवि मुकुल दाहालको कविता संग्रह ‘एक अस्तित्व आलाप’ पाठकमाझ आएको छ । यो कृत्तिको तिहारको अवसर पारेर काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको थियो । संग्रहमा समसामयिक कविताहरू रहेका छन् ।

यो संग्रहमा चार दर्जन कविताहरूको संग्रहित छन् । ‘एक अस्तित्व आलाप’लाई बुक हिलले प्रकाशन गरेर बजारमा ल्याएको हो । आफू बिदेसिँदाको कथा व्यथालाई कविताको माध्यमबाट यो कृतिमा प्रस्तुत गरेको कवि मुकुन्द दाहालले बताएका छन् ।

कवि दाहालको यो कृति सार्वजनिक समारोहमा कविहरू अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल, कुमार नगरकोटीले उनीसँग काव्य सम्बन्ध र उनका सृजनाको चर्चा गरेका थिए ।

कवि दाहाल अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका स्रष्टा हुन् । डायस्पोरामा आफ्नो काव्य साधनाबाट फरक परिचय बनाएका उनी विदेशमा पनि साहित्य साधनामा निरन्तर संलग्न छन् । कवि दाहालले यस अघि २०६१ सालमा ‘सीमातीत सीमान्त’ कविता संग्रह पाठकमाझ ल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण