आन्तरिक लोकतन्त्र बचाउन के गर्दैछन् दल ?

– एमालेः सबै गतिविधि महाधिवेशनकेन्द्रित
– कांग्रेसः मिति तोक्नै सकस
– माओवादी र समाजवादीः मिलेपछि ढुक्क
– रास्वपाः चुनावको ६ महिनापछि
– राप्रपाः जुट्ने बहसले छैन तयारी
– मधेशवादी दलः जसपाले ग-यो, अधिकांश गुमनाम

काठमाडौं । राजनीतिक दलका लागि सबैभन्दा ठूलो उत्सव, पर्व र पार्टी जीवन पुर्नताजकीकरण गर्न े सबैभन्दा महत्वपूर्ण अवसर र दलभित्रको आन्तरिक लोकतन्त्र जोगाउने प्राण नै महाधिवेशन हो । त्यसो भए महाधिवेशनका लागि के गर्दै छन् त राजनीतिक दल ? जेनजी आन्दोलनसँगै प्रमुख दलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण बहस पनि जारी नै छ ।

आन्तरिक लोकतन्त्र प्रयोग गर्दै नेतृत्व चयन गर्दै आएका राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र भने कमजोरप्रायः छ । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)देखि लिएर हालै विभिन्न १० बाम घटकबीच एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर रहेको ती पार्टीभित्र देखिएको कलहले प्रष्ट पारेको छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीमात्रै नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का साथै मधेशवादी दलहरू जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टीमा समेत आन्तरिक लोकतन्त्र कमजोर बन्दै ती दलभित्रको कलहले देखाउछ । आगामी २७ देखि २९ मंसिरमा काठमाडौंमा एमालेको ११औ महाधिवेशन हुँदै छ ।

त्यसको व्यवस्थापनसहित प्रतिनिधि छनोटलगायत कार्यमा एमाले नेता जुटेका छन् । प्रतिनिधि चयन र बैचारिक मन्थनका लागि हुने महाधिवेशनमा आफूले निर्देशनात्मक मन्तव्य दिने र त्यसमा बहस नहुने एमाले अध्यक्ष केपी ओलीले घोषणा नै गरिसकेका छन् । उनको यो अभिव्यक्तिले एमाले महाधिवेशन केवल प्रक्रियाका लागि हुँदै छ भन्ने सन्देश दिन्छ ।

ओली एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व लिन आफूअनुकुल विधान संशोधन विधान महाधिवेशनबाटै गराइसकेका छन् । एमालेमा पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीको सदस्य दिनुपर्ने आवाज उठदै गर्दा त्यसलाई ओलीकै निर्देशनमा रोकिएको छ । ११औं महाधिवेशनमा अध्यक्षमा भण्डारीले प्रतिस्पर्धा गर्नसक्ने पुर्वानुमानसहित ओलीले उनलाई रोक्दै विधानमा संशोधन गराउन सफल भएका हुन् ।

७० वर्षेको बाध्यकारी व्यवस्था र एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था ओलीले आफ्नै लागी संशोधन गराउँदै तेस्रो कार्यकालका लागि अध्यक्ष हुन सुरक्षित वैधानिक व्यवस्था गराएका छन् । कांग्रेसमा पनि आन्तरिक लोकतन्त्र कमजोर बनेको छ । एकमहिनादेखि केन्द्रीय समितिको बैठक जारी छ ।

तर कांग्र ेसले १५औं महाधिवेशनको मिति’bout निर्णय गर्न सकेको छैन । कांग्रेस नेताहरू महाधिवेशन ‘२१ फागुनको निर्वाचन अघि कि पछि ?’ भन्ने किचलोमै रमाइरहेका छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापनपक्षले २१ फागुनको निर्वाचनपछि वैशाख अन्तिम साता १५औं महाधिवेशन गर्नुपर्ने पक्षमा अडिग छन् ।

तर नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेताहरू पार्टीको महाधिवेशन २१ फागुनको निर्वाचनशघि नै गर्नुपर्ने अडानमा छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले विशेष महाधिवशेन मंसिरमा गर्ने निर्णय गरेको थियो । तर त्यसअघि माओवादीले विभिन्न १० वामघटकसँग पार्टी एकीकरण गरेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ ।

हालै घोषणा भएको पार्टीले अब ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । एकीकृत भएका नेपाली कम्युनिस्ट पार्टीका ती घटक दलबाट विद्रोह गर्दै नेताहरू छुट्टै कम्युनिस्ट पार्टी गठन गर्ने आन्तरिक तयारीमा छन् । माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोज्दै गरेका नेता जनार्दन शर्माले विद्रोह गर्दै प्रगतिशील अभियान चलाइरहेका छन् ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ । सहकारी काण्डमा मुछिएपछि सभापति रवि लामिछाने जेलमा छन् । रास्वपाको आन्तरिक लोकतन्त्र कमजोर भएकै कारण अहिलेसम्म पनि पार्टी सभापति चयन गर्न सकिएको छैन । गत शुक्रबार र शनिबार बसेको रास्वपाको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यसअघि ७, ८ र ९ फागुनका लागि तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो । बैठकमा सभापति लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ । आगामी १५ मंसिरमा राप्रपाको महाधिवेशन भएको चार वर्ष पुग्दै छ । सभापति राजेन्द्र लिङदेनले महाधिवेशन गर्ने’boutमा कुनै योजना पार्टीमा पेश गरेका छैनन् ।

राप्रपामा सभापति लिङदेन, महामन्त्री धवलशमशेर राणाहरूको आन्तरिक किचलो कांग्रेस, एमालेजस्तै निरन्तरता पाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले हालै महाधिवेशन सम्पन्न गर्दै आफै अध्यक्ष हुन सफल भए । यादवले स्थापना गरेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालदेखि पार्टी विभाजन र एकता गर्दै सधैं पार्टी सभापति हुदै आएका छन् । माओवादी अध्यक्ष प्रचण्डजस्तै यादवले समेत पार्टी सभापति जसरी पनि हुन सफल भएका छन् । लोसपा, नाउपा, जनमतमा समेत आन्तरिक किचलो छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

‘हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा देउ’