व्यापारिक युद्धको सेरोफेरोमा अमेरिका–भारत

वर्तमान भूराजनीति डोनाल्ड ट्रम्पको ‘टेरिफ नीति’को गोलचक्करमा छ । ट्रम्पको पहिलो र दोस्रो कार्यकालबीच तादम्यता देखिएको छैन । पहिलो कार्यकालमा प्रजातान्त्रिक मुलुकबीच ध्रुवीकरण र समीकरण निर्माण गर्न कर्वाड (अमेरिका, भारत, अष्ट्रेलिया र जापान), अम्स (अष्ट्रेलिया, बेलायत, अमेरिका, आई, टुयुटु (अमेरिका, इजरायल, भारत र यूएई)जस्ता संगठन विस्तार विकास गर्न ट्रम्पको परराष्ट्र नीति थियो ।

ट्रम्पको पहिलो कार्यकालमा अमेरिका–भारत सम्बन्धले उचाइ लिइसकेको थियो । अहमदावादमा ट्रम्पले भावविभोर हु“दै आप्mनो जीवनको सबैभन्दा ठुलो आमसभाका रूपमा स्मरण गरेका थिए भने अमेरिकामा ‘हाउडी मोदी’ कार्यक्रमले ‘मोदी महिमा मण्डित’ भएका थिए । ट्रम्पको दोस्रो कार्यकाल सुरुवतामा अमेरिकाबाट साकारात्मक सन्देश भारतले प्राप्त गरेको थियो । ट्रम्पको शपथग्रहण समारोहको अग्रपंक्तिमा भारतका परराष्ट्रमन्त्रीले यथोचित सम्मान पाएका थिए ।

ट्रम्पको दोस्रो कार्यकाल सुरुवातमै भूराजनीतिले कोल्टे फे¥यो । रसिया–युक्रेन युद्धबाट आक्रान्त मध्यएसिया युद्ध शंखनाधबाट प्रभावित हुन गयो । हमास, हुती र हिजबुल्लाजस्ता आतंकवादी लडाकूलाई निर्मुल पार्न इजरायल मध्यएसियालाई कुरुक्षेत्र बनाए । त्यस कुरुक्षेत्रमा शस्त्रधारण नगर्ने बाचा गरेका अमेरिकाले अन्ततगोत्वा इरानको आणविक क्षमता नष्ट गर्ने उद्देश्यले इरानमाथि आक्रमण ग¥यो ।

दक्षिण एसियासमेत युद्धभूमरीमा फस्न पुग्यो । भारतले ‘अपरेसन सिन्दुर’को माध्यमबाट पाकिस्तानमाथि फौजी कारबाही गर्दै पहलगाममा आतंकवादी घटनाको बदला लिएको उद्घोष ग¥यो । ‘अपरेसन सिन्दुर’लाई जानकारले भारत–अमेरिका सम्बन्धलाई नयॉ मोडका रूपमा व्याख्या गरे । ट्रम्पले पाकिस्तान र भारतबीच युद्ध अन्त्य गराउन आफूले महŒवपूर्ण भूमिका खेलेको ४० पटकभन्दा बढी उद्घोष गरे भने पाकिस्तानले समेत ट्रम्पको अभिव्यक्तिलाई स्वागत गर्दै ‘ट्रम्प शान्ति बहाल गर्न सफल भएको’ जिकिर गर्दै ‘अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने’ अभिव्यक्ति दियो ।

ट्रम्पले पाकिस्तानका सैनिक मुखिया मुनिरलाई ह्वाइटहाउसमा दिवाभोजका लागि निमन्त्रणा गरेर पाकिस्तानलाई उच्चसम्मान दि“दै आर्थिक मन्दीको स“घारमा रहेको पाकिस्तानलाई आवश्यक धनराशीसमेत दिएका छन् । भारतलाई भने ट्रम्पको घोषणा पाच्य लागेको छैन ।

ट्रम्पले पाकिस्तानका सैनिक मुखिया मुनिरलाई ह्वाइटहाउसमा दिवाभोजका लागि निमन्त्रणा गरेर पाकिस्तानलाई उच्चसम्मान दिँदै आर्थिक मन्दीको सँघारमा रहेको पाकिस्तानलाई आवश्यक धनराशीसमेत दिएका छन् । भारतलाई भने ट्रम्पको घोषणा पाच्य लागेको छैन ।

भारत र पाकिस्तानबीच ‘सिमला सम्झौता’ भएको थियो । सो सम्झौताको मर्मअनुसार ‘दुई देशबीच कुनै पनि तनाव र मद्भेद भएको खण्डमा तनाव शिथिलिकरण गर्न द्विपक्षीय संयन्त्रका माध्यमबाट छिनोफानो गरिने’ छ । अर्थात्, भारत र पाकिस्तानका लागि कुनै पनि मुलुकलाई पाच्य हुनेछैन । सो सम्झौताको कसीमै भारतले ट्रम्पको अभिव्यक्तिलाई खारेज गरेको हो ।

‘अपरेसन सिन्दुर’पश्चात् अमेरिका र भारत सम्बन्ध व्यापार युद्धमा परिर्वतित भएको छ । रसिया–युक्रेन युद्धको मुख्य जिम्मेवारका रूपमा अमेरिकाले भारतलाई आरोपित गरेको छ । अर्थात्, रसियास“ग तेल खरिद गरेर भारतले रसियालाई आर्थिक रूपमा भरथेग गरेको र सोही आधारमै रसियाले युक्रेनस“ग युद्ध गरिरहेको अमेरिकाको आरोप छ । आक्रोशित भाषामा भारतीय अर्थव्यवस्थालाई ट्रम्पले ‘डेड इकनोमी’ अर्थात् ‘मृत अर्थव्यस्था’समेत भनेका छन् ।

भारतले ट्रम्पको आरोप खण्डन गर्दै ‘चीनले भारतभन्दा रसियास“ग बढी तेल खरिद गरिरहेको र विश्वको सबैभन्दा तीव्र गतिले विकास भइरहेको अर्थतन्त्र भारत रहेको’समेत दावी गरेको छ । रसियास“ग तेल खरिद नगर्न अमेरिकाले भारतमाथि चर्को दबाब दि“दै आएको छ ।

अर्को शब्दमा भारतमाथि अमेरिकाले ५० प्रतिशतभन्दा अधिक ‘टेरिफ’ लगाएको छ । यही कारण भारतीय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने जानकारको बुझाई छ । स्टील, फलाम, जेम्स, ज्वेलरी, टेक्सटायल, औषधि, खाद्यान्नका कारण अमेरिका भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । अमेरिकास“गको व्यापारमा भारतलाई व्यापारिक नाफा छ, जबकी चीनस“ग १ सय २७ विलियन डलरको व्यापारमा भारतलाई सय विलियन अमेरिकी डलरभन्दा अधिक व्यापार घाटा छ ।

विगतका दिन ‘आसियान शिखर सम्मेलन’को सेरोफेरोमा अमेरिकाले चीन, जापान, दक्षिण कोरीयास“ग ‘टेरिफ’ कम गरेको थियो । चीनको ‘टेरिफ’ १० प्रतिशतले कम भएको छ । आसियानका मुलुकमा भियतनामलाई २० प्रतिशत र इन्डोनेसियालाई १९ प्रतिशत ‘टेरिफ’मा राख्दै दक्षिण एसियाली मुलुकमा पाकिस्तान र बंगलादेशलाई समेत १९ प्रतिशतको सेरोपेरोमा राखिएको छ ।

अमेरिकाले भारतमाथि ५० प्रतिशतभन्दा अधिक ‘टेरिफ’ लगाएर भारतलाई दबाब दिन अमेरिकी कूटनीतिक संयन्त्र परिचालित छ । दुई प्रजातान्त्रिक कित्ताका मुलुकबीच व्यापारिक युद्धलाई मलजल गर्ने काम मिडियाले गर्दै आएका छन् । ट्रम्पले हरेक अभिव्यक्तिमा भारतलाई प्रश्नको घेरामा लिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘घनिष्ट मित्र’ भएकोसमेत दावी गरेका छन् । भारत अमेरिकाको व्यापारिक युद्ध सेरोफेरोमा अक्टोबर अन्तिम साता मलेसियाको राजधानीमा भारत र अमेरिकाबीच सुरक्षा साझेदारीको १० वर्षे सन्धी भएको छ ।

अमेरिकी पक्षको नेतृत्व पेट हेम्सटर र भारतीय पक्षको नेतृत्व राजनाथ सिंहले गरेका थिए । सामरिक जानकारका अनुसार ‘सुरक्षा साझेदारी सम्झौता’ले भारत र अमेरिकाबीच व्यापारिक युद्ध चा“डै अन्न्य हुनेछ ।

सन् १९९५, २००५, २०१५ र २०२५ मा अमेरिका र भारतबीच ‘सुरक्षा साझेदारी सम्झौता’ भएका छन् । यी सम्भौताअन्तर्गत भारतले २५ विलियन अमेरिकी डलरको हातहतियार अमेरिकास“ग खरिद गर्नेछ ।

७०, ८० र ९० को दशकसम्म भारत आप्mनो सुरक्षा बजेटको ७५ प्रतिशत सोभियत रुसस“ग हतियार खरिद गर्थे । अहिले अमेरिकाले कमकसा, लिमूवाजस्ता कानुन संशोधन गरेर विश्वका खतरनाक हतियार भारतलाई उपलब्ध गराएको छ । ‘जयाबलिन’ र ‘एक्स क्यालिबर’जस्ता खतरनाक हतियारबाट हिन्द प्रशान्त क्षेत्रमा भारतको दबदबा बलियो बनाउन सुरक्षा सम्झौता अभिप्ररित छ । ट्रम्पको हुंकार र डंकारजस्तो भए पनि बाहिर रूपले भारतलाई धम्क्याउने र सामरिकरूपले भारतलाई बलियो बनाउ“दै चीनलाई सन्तुलित गर्ने नीति देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार