काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ।
आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैअनुसार मंगलबार ढुंगाना नेतृत्वको समूहले टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएको छ ।
यसअघि सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा समूह र प्रहरीले केही बेर धकेलाधकेल गरिएको थियो। सोमबार पनि उनीहरू सिंहदरबार गेटसम्म पुगेका थिए तर प्रधानमन्त्रीलाई भेट्न नपाएपछि असन्तुष्टि व्यक्त गरेका थिए। मागपत्र बुझाउने बताए पनि समय नपाएको भन्दै उनीहरूले उक्त मागपत्र गेटमै टाँसेर फर्किएका थिए।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
कसले गर्यो मधेश सरकारमा अस्थिरताको बिजारोपण ?
मिथ्या सूचनामा निगरानी, हरित निर्वाचनमा जोड
‘मौखिक आदेश’मा कार्यवाहक हाँक्दै छन् पूर्णबहादुर
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
सुरक्षा जोखिमले थिचिँदै निर्वाचन तयारी
चुनाववारे ठूला ३ दल
प्रधानमन्त्री र गृहमन्त्रीको आफन्तमोहविरुद्ध ७ दिने अल्टिमेटम






