– सके संसदर पुनस्र्थापना गरेर पुनः सत्तामा फर्कने
– अनुकूल बन्दै गए २१ फागुनको निर्वाचनमा केन्द्रित हुने
– कांग्रेस आन्तरिक विवाद मिलाउन र नेकपा एकतामा केन्द्रित भएको मौकामा शक्ति सञ्चय गर्न गाउँमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ‘एउटै तीरले तीन सिकार गर्ने’ लक्ष्यका साथ राजनीतिक मैदानमा होमिएको छ ।
एमाले निर्वाचनमा सहभागी हुुने, मौका पाए संसद् पुनस्र्थापना गरेर पुनः सत्तामा फर्कने र महाधिवेशनका नाममा देशभरका कार्यकर्ता परिचालन गरेर पुनः शक्ति सञ्चय गर्ने रणनीतिसहित राजनीतिक मैदानमा देखिन थालेको हो ।
एमालेको यस राजनीतिलाई राजनीतिक विश्लेषकदेखि विपक्षी दलहरूले समेत राजनीतिक चतु-याइँका रूपमा बुझेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ ।
निर्वाचन आयोगमा दल दर्ता गराएकै दिन पूर्वनिर्णयअनुसार सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापना माग्दै रिट निवेदनसमेत पेस गरेको छ ।
रिट विचाराधीन रहेका कारण मंगलबार दर्ता भने नभएको सर्वोच्च अदालत प्रशासनको भनाइ छ । रिटमा प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन असंवैधानिक भएको दाबी छ ।
निर्वाचन र संसद् पुनस्र्थापनाको एजेन्डालाई समानान्तर अघि बढाएको एमालेले निर्वाचनकेन्द्रित गतिविधिलाई समेत वडा तहसम्म पु¥याएको छ ।
११औं महाधिवेशनको प्रतिनिधि छनोटका नाममा एमाले यतिबेला वडा तहसम्म संगठन विस्तार र सुदृढीकरणमा जुटेको छ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेस महाधिवेशनको विवादमा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी ‘अन्य दल फुटाउने आफ्नो पार्टीमा मिसाउने’ अभियानमा केन्द्रित छन् ।
एमाले भने यही मौकामा जनस्तरसम्म पुग्न आमसभा, बैठक र प्रतिनिधि छनोटमा व्यस्त छ । निर्वाचन हुने वातावरण नबनेको र वर्तमान सरकारले निर्वाचन गराउनै नसक्ने अडानसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले निर्वाचनमा सहभागी नहुने अभिव्यक्ति दिँदै आएका छन् । तर, अब निर्वाचन आयोगमा दल दर्ता गराएपछि निर्वाचनमा सहभागी हुने निश्चित भएको सन्देश जनतामाझ लैजाने प्रयासमा एमाले जुटेको छ ।
मंगलबार सञ्चारमन्त्रीले एक सार्वजनिक कार्यक्रममै एमालेले समेत दल दर्ता गरेकाले अब सबै दल निर्वाचनका लागि तयार भएको अभिव्यक्ति नै दिए । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरूले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६७ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा
एमालेको आगामी २७ देखि २९ मंसिरमा हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि औपचारिक दाबेदारी गरेका छन् ।
गत २० देखि २२ भदौमा दोस्रो विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले राजनीतिक, सांगठनिक एवं विधान संशोधनसहितका प्रस्ताव पारित गरिसकेको छ । लगातार दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले आफूअनुकूल विधान संशोधन गराई तेस्रो कार्यकालका लागि अध्यक्ष हुने दौडमा रहेका बेला पोखरेलले औपचारिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । यस घोषणासँगै एमाले अध्यक्षका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै एमाले दुई समूहमा विभाजित भएको छ । दुई कार्यकाल महासचिवसहित वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका पोखरेलले भने, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’
उनले आफूले पार्टीका नेता तथा कार्यकर्ताहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने पनि अपेक्षा लिएको उनले बताए । पोखरेलले ओलीलाई अब अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि अनुरोधसमेत गरेका छन् ।
उनले विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने र गरिने उद्घोष गरेका छन् । भण्डारीको सदस्यता ओलीले होल्ड गरे पनि पोखरेल समूहले उनको सदस्यता नवीकरण गर्दै पार्टीमा जिम्मेवारी दिनुपर्ने माग गर्दै आएका छन् ।
सम्बन्धित समाचार
संविधान सुधारदेखि ‘नो भोट’को अधिकार माग्दै प्रधानमन्त्रीलाई जेनजीको ज्ञापन
कहीँ नभएको जात्रा मधेस प्रदेशमा
दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
मैले त आँखैअगाडि कांग्रेस विभाजन देखेको छु: शेखर कोइराला
देश जोगाउने जिम्मेवारी दलको काँधमा
प्रधानमन्त्रीमाथि चौतर्फी दबाब: जसले बनायो उसैले माग्न थाल्यो राजीनामा
मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन आज
निर्णयमा ‘तैं चुप मैं चुप’, बाहिर निस्केर ‘स्टन्डबाजी’






