मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन आज

काठमाडौं । मतदाता नामावली संकलनको म्याद आज सकिँदै छ । अनलाईनमार्फत पनि फारम भर्न मिल्ने व्यवस्था गरेको निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसैगरी हिजोसम्ममा ३३ दलले निर्वाचन आयोगमा निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि निवेदन दिएका छन्।

यसैबीच, निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका मतदाताहरुले मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिनसक्ने जनाएको छ ।

आयोगले हिजो विज्ञप्ति जारी गर्दै मंसिर २० गते नामावली प्रकाशन हुने र नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिन सक्ने जनाएको छ ।

यस्तो निवेदन सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय वा अनलाइन मार्फत पनि दिन सकिने आयोगले जनाएको छ । नामावली माथि जाँचबुझपछि आयोगको वेबसाईटमा अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता