धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि घोषणा भएपछि असोज १० गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली दर्ता प्रक्रियामा राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार ४३९ र निर्वाचन कार्यालयमै पुगेर १६ हजार ५८१ जनाले नाम दर्ता गराएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै मतदाता कैलाली जिल्लामा थपिएका छन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा राष्ट्रिय परिचयपत्रमार्फत १२ हजार ११५ र कार्यालयमा उपस्थित भएर ६ हजार १ सय गरी जम्मा १८ हजार २१३ जनाले नाम दर्ता गराएका छन् । उनका अनुसार कैलालीपछि कञ्चनपुरमा सबैभन्दा धेरै मतदाता थपिएका छन्, जहाँ कार्यालयमा गएर ४ हजार १९९ र राष्ट्रिय परिचयपत्रमार्फत ८ हजार ९२ गरी १२ हजार २९१ जनाले नाम दर्ता गराएका छन् ।
अन्य जिल्लामा बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८, अछाममा २ हजार ६०४, बझाङमा २ हजार ३४५, डडेल्धुरामा १ हजार ८९२, डोटीमा १ हजार ८७२ र बाजुरामा १ हजार ५१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार असोज १० गतेअघि सुदूरपश्चिममा १६ लाख ७४ हजार मतदाता दर्ता भएका थिए । ४६ हजार २० नयाँ मतदाता थपिएसँगै प्रदेशभर मतदाताको संख्या १७ लाख २० हजार नाघेको छ । उनले २१ गतेदेखि मतदाता अद्यावधिक कार्य सुरु हुने र अद्यावधिकपछि मतदाताको संख्या केही घट्न सक्ने बताएका छन् ।
सम्बन्धित समाचार
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस
प्रतिगामी षड्यन्त्र विरूद्ध नेकपा एमालेको प्रदर्शन
मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन
‘मौखिक आदेश’मा कार्यवाहक हाँक्दै छन् पूर्णबहादुर
एमालेविरुद्ध पाँच दल, मधेश प्रदेशका सभामुख पदमुक्त
परवानीपुरमा युवा जागरण अभियानको आयोजना
निर्वाचनमा सेना परिचालन गर्न सिफारिस
जेनजीहरु सुदन गुरुङसहित वार्तामा सहभागी हुने






